कहिले आउँछ भव्य मल्टीप्लेयर अनलाइन भिडियो गेम?

सन् २०१२ मा क्राउड फण्डिङ वेबसाइट किक स्टार्टरले एउटा नयाँ भिडियो गेम बनाउनका लागि सहयोगको आह्ववान गर्यो । यो भिडियो गेम डेभलप गर्ने जिम्मा विश्वका प्रख्यात गेम डिजाइनर क्रिस रोबट्र्सले लिएका थिए । समुचित आर्थिक सहयोग उपलब्ध भएमा २ वर्ष भित्रै २०१४ सम्म यस मल्टीप्लेयर अनलाइन भिडियो गेमलाई सार्वजनिक गर्ने घोषणा गरिएको थियो ।

क्रिस स्वयंले फण्ड जुटाउने काम वेबसाइट मार्फत गरिरहेका थिए ।क्रिसको भनाई थियो , ‘यदि हामीलाई २३ मिलियन डालर सहयोग प्राप्त हुन्छ भने, हामी दुई वर्षमा यो गेम तयार गर्न सक्छौँ । क्रिसमाथि विश्वास गरेर मानिसले फण्ड प्रदान गरे । क्रिसको मागभन्दा १० गुना बढी फण्ड एकत्रित भयो । १८ अक्टुबर २०१३ मै यसका लागि २८८ मिलियनको फण्ड जम्मा भयो । विश्व इतिहास मै कुनै प्रोजेक्टका लागि भएको यो सबैभन्दा ठूलो क्राउड फण्डिङ थियो ।

विज्ञापन

तर २०१९ आउँदा पनि यो गेम तयार हुन सकेको छैन । यो गेम कहिले तयार हुन्छ क्रिस स्वयं पनि केही भन्न सकिरहेका छैनन् । यस भिडियो गेमको नाम स्टार सिटिजनु राखिएको छ । यो एउटा स्पेस गेम हो, यसलाई माइक्रोसफ्ट विण्डोज का लागि डेवलप गरिन लागिएको हो । क्रिसको कल्पना अनुसार गेमका लागि १०० वटा स्टार सिस्टम बनाउनु छ जुन अहिलेसम्म बनाउन सकिएको छैन । क्रिसले आफ्ना प्रशंसकसँग यस गेममा ब्रह्माण्ड कै आनन्द आउने वाचा गरेका छन्। गेममा ब्रह्माण्ड कै प्रतिकृति हुनेछ, यसैले गर्दा समय लागि रहेको हो ।क्रिसले अहिलेसम्म यस गेमका लागि २ वटा गृह, ९ वटा चन्द्रमा र एउटा एस्टेरोइड डिजाइन गरी सकेका छन् ।

तर यति बन्दैमा जम्मा भएको फण्ड सकिँदै गइरहेको छ । २०१७ मै आर्थिक अभावले गर्दा क्रिसले सहयोग मागेर पुनः फण्ड जुटाएका थिए । जति ढिलो भए पनि क्रिसमाथि मानिसहरुको विश्वास भएर उनलाई पुनः सहयोग प्राप्त भयो । जानकारहरुका अनुसार क्रिसले कुनै धोखा गरेका होइनन्, तर मिसम्यनेजमेन्ट चाहिँ भएको हो । गेम बनाउन संलग्न रहेका प्राविधिकहरुको भनाई छ, ‘क्रिस बारम्बार गेमका फिचर बढाउँदै गइरहेका छन् । र भएको कामबाट उनी हतपति सन्तुष्ट हुँदैनन् । यसैले गर्दा समय लम्बिँदै गइरहेको छ । यससँग सम्बन्धित एकजना भन्छन् ‘गेमको लीड क्यरेक्टर डिजाइनरलाइ ५ वटा क्यरेक्टर बनाउन मै १७ महिना लाग्यो, क्रिसले बारम्बार क्यरेक्टर परिवर्तन गरेकोले यत्रो समयमा जम्मा ५ वटा क्यरेक्टर मात्र बन्न सके ।’

यस सम्बन्धमा क्रिसले एउटा इंटरव्यूमा भने ‘तपाईँको प्लान २ कोठे घर बनाउनु थियो ,तर अचानक तपाईँले महल खडा गर्ने सपना देख्नुभयो । यस्तो हुँदा निश्चय पनि समय र खर्चमा वृद्धि हुन्छ । म अति आशावादी मानिस हुँ ,जति ढिलो भए पनि यो गेम तयार हुन्छ र यो भिडियो गेमको इतिहासमा अभूतपूर्व गेम हुनेछ । क्रिसको कम्पनी क्लाउड इम्पीरियम गेम्समा ५३७ जना कर्मचारी रहेका छन् ।

अमेरिका, इंग्ल्याण्ड, जर्मनीसहित संसारका ५ ठाउँमा कम्पनीको कार्यालय रहेका छन् । क्रिसले अहिलेसम्म गेमको अल्फा मोड्यूल मात्रै सार्वजानिक गरेका छन् । गेम कहिले पूरा बनने हो क्रिसले पनि भन्न सकिरहेका छैनन् । यस गेम भन्दा पहिला क्रिसले विंग कमांडर र फ्रीलान्सर जस्ता सफल गेम डिजाइन गरी सकेका छन् । उनको नाम विश्वका सर्व श्रेष्ठ डिजाइनरमा आउँछ ।


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

अशोज ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्