नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईसँग भिडियो वार्ता

‘अबको युग अन्तरिक्ष विज्ञानको युग हो’

आकाश र सौर्यमण्डलदेखि लिएर ब्रम्हान्ड नै मानव मस्तिष्कहरुका लागि रुचिकर मात्र होइनन्, ठूलो जिज्ञासा एवम् अध्ययनको विषय रहिआएको छ। अनेकन चुनौती पार गर्दै मनुष्‍यले चन्द्रमामा टेकेको मात्र नभएर मंगल ग्रहसम्‍म पृथ्वमा निर्मित रोबोट पठाइसकेको छ।

अन्तरिक्ष अभियानको क्षेत्रमा मानिसको यात्रा सौर्यमण्डल पारी ‘इन्टर स्टेलर स्पेस’सम्म पुगिसकेको छ। यो भनेको पृथ्वीभन्दा झण्डै २० अर्ब किलोमिटर टाढा हो।

‘मिल्की वे’ मात्रै होइन, ब्रम्हाण्डमा ‘मिल्की वे’ जस्ता खर्बौँ ‘ग्यालेक्सी’ छन्। यिनमा तारा र ग्रहको संख्या २ का पछाडि २२ वटा शून्‍य राखेर पढ्नुपर्ने हुन्छ।

‘इन्टरनेसनल एस्ट्रोनोमिकल सोसाइटी’ले आफ्नो शतवार्षिकीको उपलक्ष्यमा १७२ प्रकाश वर्ष टाढा रहेको एउटा ग्रहर र तारालाई नेपाली नाम राख्‍ने अवसर प्रदान गर्‍‍यो।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्‍यक्ष सुरेश भट्टराई यसलाई महत्वपूर्ण उपलब्धि मान्छन्।

देशसञ्‍चारका लागि ज्ञान मित्रले ब्रम्हाण्ड- अन्तरिक्ष एवम् एस्ट्रोनोमिकल शाखा अन्तर्गत आउने विभिन्‍न जिज्ञासा समाधानका लागि सुरेश भट्टराइसँग वार्ता गरेका छन्।

भिडियो हेर्नुहोस्:

असोज ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्