ट्रक र कार ठोक्किँदा कावासोतीमा पाँचजनाको मृत्यु

फाइल तस्बिर

नवलपुर – नवलपुर (पूर्वी नवलपरासी) को कावासोती नगरपालिका–८ अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा सोमबार राति ट्रक र कार ठोक्किँदा पाँचजनाको ज्यान गएको छ । ज्यान गुमाउने सबै कारमा सवार रहेको प्रहरीले जनाएको छ ।

राति सवा १० बजे कावासोती नगरपालिका–८ खरकट्टा जंगलमा पश्चिमबाट पूर्वतिर छुटेको गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाका लागि छुटेको बा २१ च ६४०९ नम्बरको कार ठोक्किएका हुन् ।

विज्ञापन

दुर्घटनामा गम्भीर घाइते पाँचैजनाको उद्धार गरी उपचारका लागि चितवन लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

ज्यान गुमाउने मध्ये तीनजनाको नाम खुलेको छ । नवलपरासीको देवचुली–१ केउरेनीका ३५ वर्षे दिपक भनिने पूर्णबहादुर बिक, देवचुली–५ का दिलबहादुर ढेगाँ मगर तथा कैलालीका सुरज राना मगरको पहिचान भएको हो । अरु दुईजनाको पहिचान हुन बाँकी छ । बाँकी दुईजना पनि पुरुष नै रहेको र नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

अशोज ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्