१०१ वर्षमा राष्ट्रकवि माधव घिमिरे

फाइल तस्बिर

काठमाडौँ – राष्ट्रकवि माधव घिमिरेको १०१ औँ जन्मोत्सव मंगलबार मनाईँदै छ । राष्ट्रकवि घिमिरेले उमेरको शताब्दी पार गरेका छन् । विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मनुभएका कविवर घिमिरे नेपाली जनजीवनमा लोकप्रिय कवि हुन् ।

राष्ट्रकविको जन्मोत्सवको पूर्व सन्ध्यामा सोमबार ‘राष्ट्रकवि एक सय एक कविको आँखामा’ को लोकार्पण गरिएको थियो । राष्ट्रकवि घिमिरको १०१औँ जन्मोत्सवको अवसरमा एक सय एक कविद्वारा उहाँको व्यक्तित्व र कृतित्वका बारेमा लेखिएको कविता सङ्ग्रहको नेपाल–प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतिले लोकार्पण गरे ।

असोज ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्