‘मोटोपनले व्यक्तिको अभिप्रेरणा घटाउँदैन’

मोटोपनका कुनै पनि व्यक्तिको रोजाइ नरहेको र यसलाई लिएर सम्बन्धित व्यक्तिलाई लज्जित बनाउँदा उनीहरुले आफ्ना बारेमा नराम्रो सोच्ने गरेको मनोविदहरुको पछिल्लो अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मोटोपनसँग जोडिएर रहेका ‘स्टिग्मा’ कम गर्नका लागि भाषाशैलीमा परिवर्तन गरिनु पर्ने प्रतिवेदनमा उल्लेख छ । स्वास्थ्यकर्मीहरुले मोटोपन घटाउने विषयमा बोल्नका लागि तालिइम दिइनु पर्ने जनाइएको छ ।

विज्ञापन

क्यान्सर सम्बन्धी सचेतना जगाउनका लागि जारी गरिएको पछिल्लो एक अभियानमा प्रयोग भएको भाषालाई लिएर विवाद भएको थियो । त्यसमा मोटोपनका कारण धुमपानले भन्दा पनि क्यान्सरको जोखिम बढाउने उल्लेख गरिएको थियो ।

विश्वव्यापी रुपमा, विशेषगरी विकसित देशमा मोटोपन ठूलो स्वास्थ्य समस्याका रुपमा विकास हुँदै गएको छ ।

तर मोटोपन र व्यक्तिको व्यक्तिको इच्छा शक्ति या अभिप्रेरणाबिच खासै सम्बन्ध नरहेको अनुसन्धानमा संलग्न मनोविदको भनाई छ । मोटोपनका कारण व्यक्तिको इच्छा शक्ति या अभिप्रेरणा कम नहुने उनीहरुले बताएका छन् ।

मोटोपनकै कारण व्यक्तिको इच्छा शक्तिमा नकारात्मक असर पर्ने नदेखिएको बेलायती साइकोलोजिकल सोसाइटीको प्रतिवेदनमा उल्लेख छ ।

अशोज ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्