टोटनह्याम तल्लो लिगको टिमसँग स्तब्ध

लिग कप (इएफएल अर्थात कारबाओ कप) फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा टोटनह्यामका लागि गम्भीर निराशाको कारण बनेको छ ।

लिग कपको तेस्रो चरण अन्तर्गत अवे मैदानमा भएको खेलमा टोटनह्याम लिग टू क्लब कोल्चेस्टर युनाइटेडसँग पेनाल्टीमा स्तब्ध भएको छ । निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल हुन सकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

जसमा टोटनह्याम ४–३ ले पराजित भयो । गएको वर्षको सेमिफाइनलिस्ट टोटनह्यामका क्रिष्टियन एरिक्सन र लुकास मोउराले पेनाल्टीमा गोल गर्न सकेनन् ।

मंगलबार राति नै भएका अरु खेलमा म्यानचेस्टर सिटीले प्रेस्टनलाई ३–०, आर्सनलले नोटिङ्हम फरेस्टलाई ५–०, एभर्टनले शेफिल्ड वेनस्डेलाई २–०, वाट्फोर्डले स्वान्सी सिटीलाई २–१ तथा लेस्टर सिटीले लुटन र साउथह्याम्पटनले पोर्ट्समाउथलाई समान ४–० ले पराजित गरेर चौथो चरणमा स्थानमा बनाएका छन् ।

निर्धारित समयको खेलमा १–१ को बराबरी भएको खेलमा पेनाल्टीमा स्टोक सिटीलाई ५–३ ले पराजित गर्दै क्रेवली पनि चौथो चरणमा पुगेको छ ।

असोज ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्