जब ट्रम्पले ग्रेतालाई मध्यरातमा व्यंग्य गरे

जलवायु परिवर्तन विरुद्ध तत्काल एकीकृत प्रयासको पक्षमा वकालत गर्दै आएकी १६ वर्षे किशोरी ग्रेता थुनबर्गले संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलनमा गरेको सम्बोधनको सर्वत्र चर्चा भइरहेको छ ।

उनले सोमबार सम्मेलनलाई सम्बोधन गर्दै विश्वका नेताहरुले आफू र आफूजस्तै बालबालिकाहरुको सपना र बाल्यकाल खोसेको बताइन् । उनको आक्रामक र भावनात्मक सम्बोधनको विश्वका नेताहरु तथा सेलिब्रेटीले समेट ट्वीट गर्दै प्रशंसा गरेका छन् । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उनको मजाक उडाएका छन् या व्यंग्य गरेका छन् ।

अमेरिकी समय अनुसार सोमबार मध्यरातसम्म जागै रहेर ग्रेताको सम्बोधनलाई व्यंग्य गर्दै ट्रम्पले ट्वीट गरेका थिए । जलवायु परिवर्तनलाई अफवाह मात्रै बताउने ट्रम्पले ग्रेताको मजाक उडाएका हुन्।


कन्जरभेमटिभ वेबसाइट द डेली वायरका सञ्चालक माइकल नलेजले फक्स न्युजसँगको अन्तर्वार्ताको क्रममा ग्रेतालाई मानसिक रोगी बालिका भनेको केही घण्टापछि ट्रम्पको ट्वीट आएको हो ।

ग्रेताले ट्रम्पको व्यंग्यात्मक ट्वीटलाई गम्भीर जवाफ शायद उनी अमेरिका आएलगत्तै दिएकी थिइन् । उनले सेप्टेम्बर १ मा लेखेकी थिइन्, ‘जब घृणा गर्नेहरु तपाईँको लुक्स र फरकपनमा जान्छन्, त्यसको अर्थ उनीहरुले जाने ठाउँ अन्त छैन भन्ने स्पष्ट हुन्छ । र तपाईँले थाहा पाउनु हुन्छ कि तपाईँले नै जित्दै हुनुहुन्छ ।’

असोज ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्