नेपालको अस्थीरता र विकृतिमा कंगोको याद

सन् २००५ मा सैनिक अब्जर्भर मिसनमा एक वर्षका लागि कंगोमा खटिएर गएको थिएँ। कंगोको उत्तर पूर्वको नर्थ किभू प्रान्तको नेपालको बेनीसँग नाम मिल्ने बेनी नगरमा करिब एघार महिना बसियो।

प्राकृतिक साधनश्रोत प्रसस्तै भएपनि यस्लाई सञ्चालन गर्ने योग्य इमान्दार र दूरदर्शी सोच भएको लिडर नपाएसम्म त्यो देशले बिकास गर्न सक्तैन भन्ने उदाहरण मध्य अफ्रिकी गणराज्य कङ्गो पनि हो।

विज्ञापन

हिरा, सुन, चाँदी, युरेनियम, रेडियम, कोइलाजस्ता महत्वपूर्ण खनिज पदार्थ प्रसस्तै भएरपनि २३,४५,४१० स्क्वायर किमी भएको तथा ७ करोड जनसंख्यासहितको बिशाल देश कंगो अत्यन्त गरीब छ। लामो समयसम्म गृहयुद्ध भएपछि युएनबाट अर्बौँ डलर खर्च गरेर युएन मिसन खटाउनेक्रम लामो समयदेखि चलिरहेको छ।

लामो समयदेखि सन १९६० सम्म बेल्जियमको उपनिवेश रहेको देश कंगोको हिरा लगेर बेल्जियमले धेरै सम्पति कमाए पनि उस्ले आफ्नो उपनिबेश रहेको देशको शिक्षा, स्वास्थ्यलगायत कुनैपनि क्षेत्रमा बिकास गरेन। कंगोको खनिज पदार्थ दक्षिण अफ्रिका, अमेरिका, फ्रान्स तथा युरोपियन देशमा जान्छ।

करिब २०० भन्दा बढी बिभिन्न आदिवासी, कवीला जाति भएको कंगो गरिवी, अशिक्षा, र चरम भ्रष्टाचारको कारण लामो समयदेखि पिल्सिरहेको छ। छिमेकी देश युगाण्डा, रुवाण्डाबाट आएका बिद्रोहीहरु र रुवाण्डामा भएको जातीय नरसंहारबाट बिस्थापित ब्यक्तिहरुको कारणबाट पनि लडाइँ लामो समयसम्म चलिरह्यो।

कंगो संसारको सबभन्दा बढी त्रासदी बोकेको देश हो। बिभिन्न पार्टी र समूहबीचको शान्तिसम्झौता र शक्ति बाँडफाँड हुँदाहुँदै पनि कंगोमा जातीय र बिभिन्न बिद्रोही समूहहरुको लडाइँले गर्दा सयौं मानिसहरुको नरसंहार भयो।

उक्त मर्ने र मार्ने काम जारी हुँदै सन् २००४ को अन्त्यसम्ममा समूह– समूहबीचको लडाइँको कारण ३८ लाख मानिसहरुको ज्यान गुमाए। लाखौ मानिसहरु शरणार्थीको जिवन बिताउन बाध्य भए। करोडभन्दा बढी मानिसहरु कुपोषणबाट ग्रसित भए।

१३ लाख मानिस एड्सबाट ग्रसित भए। कंगोको आकार, जनसंख्या, स्थानको आधारमा राजनीतिक स्थिरता भएमा र यस्को साधन श्रोतको उपयोग गर्न सकेमा यस्ले पूरा अफ्रिकालाई लिड गर्न सक्ने थियो।

त्यहाँको माटो अत्यन्त उब्जाउ छ तर जनता कृषि उत्पादनमा भन्दा शिकारमा बढी सोखिन छन्। उनीहरु खानामा कसावा (सिमल तरुल को ढिंडो ) र माछा मासु खान मन पराउँछन्। तरकारी सागसब्जीलाई त्यति वास्ता गर्दैनन्।

उनीहरुलाई कहिले पनि सही बाटो देखाइएन। उनीहरुलाई देशको विकासभन्दा मोजमस्तीमा भुल्न सिकाइयो। त्यसैले उनीहरु बियर पिउन र नाच्न बढी मन पराउँछन्।

सरकारमा बस्नेहरुले अनपढ गरीब जनताको झनै शोषण गरेर आफूमात्र सम्पन्‍न भए। राष्ट्रपति लगायत केही खानीका मालिकहरुले बिकसित देशमा समेत जमिन किन्ने र घर बनाउन समेत पछि परेनन्।

जनता यही स्थिर सरकारबाट यी सबै बेथिति नियन्त्रण होस् र सहि थिति बसोस् भन्‍ने चाहन्छन्। यदि यस्लाई सरकारले समयमै सही रुपमा सम्बोधन गर्न सकेन भने कंगोजस्ता धेरै अफ्रिकी मुलुकमा भएका अशान्ति पुनः नेपालमा हुनसक्छ

यातायातको लागि सडक स‍ञ्‍जालले क्षेत्रहरुलाई नजोड्दा एउटै देशका बासिन्दा पनि एकअर्कासँग सम्बन्ध हुन पाएन। त्यसैले उनीहरु लामो समयसम्म कबिला भएर रहन बाध्य भए। केन्द्रको सरकारले पूरा राज्यहरुलाई नियन्त्रण गर्न सकेन। असक्षम, अदूरदर्शी तथा भ्रष्ट सरकारका कारण अझैपनि यो देश अत्यन्त गरीब देश मध्यमा छ।

कंगो जस्तो ठूलो देश नभएपनि दुई ठूला राष्ट्रको बिचमा रहेको महत्वपूर्ण र संवेदनशील देश नेपाल जलश्रोतको अत्यन्त धेरै सम्भावना भएको देश हो। तर यस्को उपयोग ज्यादै न्यून छ। खनिज पदार्थ प्रसस्तै भएपनि यस्को उत्खनन् नहुँदा जनताले यसको लाभ लिन सकेको छैन।

लामो समयपछिको स्थीर सरकार आएर पनि जनताले चाहेजस्तो सुशासन नहुँदा विकासले गति लिन सकेको छैन। अत्यन्त आधारभूत विषय शिक्षा, स्वास्थ्य र पिउनेपानी पूरा व्‍यापारिकरण भएका छन्। निम्न आय भएका जनताहरुले गुणस्तरिय शिक्षा, स्वास्थ्य र शुद्ध पिउने पानी पाउन सकेका छैनन्।

अर्कोतर्फ बिदेशी प्रभावले हाम्रो देशको संस्कृति परम्परा तथा धर्ममा नकरात्मक प्रभाव बढ्दै गएको छ। जस्को कारण जनतामा बिभाजन बढिरहेको छ। असंलग्न परराष्ट्र नीतिको मर्म अनुसार चल्न नसक्ता ठूला र विकसित देशको दवावमा सरकार चल्न थालेका भान हुँदैछ।

बहुदल व्‍यवस्था शुरु भएदेखि बढ्दै गएको भ्रष्टाचार बेथिति चरमरुपमा बढेर गएको छ। केही अबसरबादी तथा दलाल पुँजीपतिहरुले प्रसस्तै धनसम्पति कमाए पनि धेरै जनताहरु गरिबीको मारमा पील्सीरहेका छन्। स्वदेशमा रोजगारिका अवसरहरु नखूल्दा युवाहरु विदेसिनेक्रम रोकिएको छैन।

सरकार यी बिकासका सहयोगी युवाहरुलाई स्वदेशमा रोक्ने गम्भीर प्रयास गरेको देखिदैन। सत्तासीन पार्टिका कार्यकर्ताहरु बिरोधका साना स्वर पनि सुन्ने धैर्यता नराखी कडा रुपमा प्रस्तुत हुने कृयाकलापले सामाजिक सद्भाव बिग्रँदै गएको छ।

देशभित्र भ्रष्टाचार, बेरोजगारको कारण तथा सरकारको कार्यकर्ता पोस्‍ने कार्यले जनतामा आक्रोश बढिरहेको छ। सामाजिक सञ्‍जालमार्फत सरकारका बिरुद्ध आएका विभिन्न आक्रोशपूर्ण लेख, विचार, अन्तर्वार्ताहरुले सरकारप्रतिको वितृष्णा चरमरुपमा बढेको देखिन्छ।

देशको विकृति र बेथिति अहिलेबाट शुरु नभएको भएता पनि जनता यही स्थिर सरकारबाट यी सबै बेथिति नियन्त्रण होस् र सहि थिति बसोस् भन्‍ने चाहन्छन्। यदि यस्लाई सरकारले समयमै सही रुपमा सम्बोधन गर्न सकेन भने कंगोजस्ता धेरै अफ्रिकी मुलुकमा भएका अशान्ति पुनः नेपालमा हुनसक्छ अर्थात माओवादी द्वन्द जस्तो द्वन्द्व फेरि पनि दोहोरिन सक्छ भन्‍ने ख्याल सरकारमा बसेकाले गर्नैपर्छ।


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

अशोज ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्