सिटी एक्सप्रेस र ईसेवाबिच रेमिटान्स कारोबार सुरु

काठमाडौँ-सिटी एक्सप्रेस मनी ट्रान्सफर र ईसेवाबिच रेमिटान्स कारोबार सुरु भएको छ।

एक कार्यक्रमका बिच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र ईसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौता अनुसार ईसेवा प्रयोगकर्ताले आफ्नो ईसेवामा भएको रकम आफैले सिटी एक्सप्रेसको नेपाल भरी रहेको सात हजारभन्दा बढि एजेन्टहरुमा पठाउन सक्नेछन् ।

यसका साथै ईसेवाका एजेन्टहरुबाट पनि यो सेवाको लाभ प्राप्त गर्न सक्नेछन्।

यसका साथै सिटी एक्सप्रेसका सबै एजेन्टहरुबाट आफ्नो ईसेवा खातामा रकम जम्मा गर्ने सुविधा पनि थप गरिएको र नेपालमा डिजिटल च्यानलको प्रयोगको प्रोत्साहनको लागि छिट्टै सिटी एक्सप्रेसको अन्तरराष्ट्रिय एजेन्टहरुबाट पनि सिधै ईसेवा खातामा रकम जम्मा गर्ने सुबिधा सुरु हुने कम्पनीले जनाएको छ।

ईसेवाबाट मोबाईल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी ,रिचार्ज ,हवाइजहाज ,बसको टिकट ,स्कुल कलेजको शुल्क लगायतका सेवाहरुमा शुल्क भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।

असोज ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्