विपद्‌ र वातावरणीय परिवेश बुझ्‍न चीनले पठायो अन्तरिक्षमा स्याटालाइट

विपद्‌ र वातावरणीय परिवेश बुझ्‍न चीनले पठायो अन्तरिक्षमा स्याटालाइट

एजेन्सी- चीनले वातावरणीय सुरक्षाका लागि भन्‍दै नयाँ स्याटेलाइट प्रक्षेपण गरेको छ।

विज्ञापन

बुधबार चीनको उत्तर-पश्‍चिम क्षेत्रस्थित रहेको गोबी मरुभूमिमा रहेको जिउक्वान स्याटालाइट स्टेशनबाट युनहाइ-१ ०२ नामक स्याटालाइट प्रक्षेपण गरिएको चिनियाँ सञ्‍चार माध्यमले जनाएको छ।

उक्त स्याटालाइटलाई बेइजिङको स्थानी समय ८ बजेर ५८ मिनेटमा लङ मार्च टूडी क्यारियर रकेटबाट अन्तरिक्षमा पठाएको हो।

यो युनहाइ-१ ०२ नामक स्याटालाइटले वायुमण्डलीय क्षेत्र, समुन्द्रमुनिको वातावरणीय परिवेश र अन्तरिक्षको वातावरणीय परिवेशको अध्‍ययन गर्नुका साथै विपद्‌को सूचना र वैज्ञानिक तथ्यहरुको अनुभवसहितको जानकारी दिने बताइएको छ।

यी दुवै स्याटालाइट र करियर रकेट लन्चरलाइ सांघाइ एकाडेमी अफ स्पेशलाइट टेक्नोलोजी अफ चाइना एरियोस्पेश साइन्स एण्ड टेक्नोलोजी कर्पोरेशनले निर्माण गरेको हो।

यो प्रक्षेपण चीनको ३१३ मिसन मध्‍येको लङ मार्च क्‍यारियर रकेट सिरिज हो। यसअघि चीनले कैयौ पटक अन्तरिक्षमा विषयवस्तुमा अध्‍ययन र खोजका लागि स्याटालाइट पठाउँदै आएको छ।


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

अशोज ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्