शौच गर्न गएका व्यक्तिलाई खोलाले बगायो

विराटनगर – मोरङमा खोलाले बगाएर एक व्यक्तिको मृत्यु भएको छ। शुक्रबार बिहान लेटाङ नगरपालिका हाटखोलाका ७५ वर्षीय खड्गकुमार मगरलाई स्थानीय नक्सल खोलाले बगाएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ।

बिहान शौच गर्न खोलामा पुगेको अवस्थामा मगरलाई खोलाले बगाएको स्थानीयले बताएका छन्। स्थानीयले उनको बारेमा प्रहरीलाई जानकारी गराएका थिए। लेटाङको प्रहरी टोलीले घटनाको सन्दर्भमा थप अनुसन्धान भइरहेको जनाएको छ।

अशोज १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्