बहसमा डिजिटल नेपाल

‘गाउँमा प्रविधि र पूर्वाधारको पहुँच नहुन्जेल डिजिटल नेपाल सम्भव छैन’

काठमाडौँ-नेपाललाई डिजिटल नेपालमा रुपान्तरण गर्न नेपालको ग्रामीण क्षेत्रमा प्रविधिको पहुँच र उपलब्धिलाई कार्यान्वयनमा ल्याउनु एकदमै जरुरी रहेको सरोकारवालाहरुले बताएका छन्।

शुक्रबार नेपाल इन्टरनेट फोरुम (आइजीएफ)२०१९मा बोल्दै प्रविधि विज्ञ मनोरहर भट्टराइले नेपाललाई प्रविधिमैत्रीको रुपमा विकास गर्न सरकारले नीजी क्षेत्रसँग सहकार्य गर्दै प्रविधिलाई पूर्वाधारहरुमा लगानी गर्नु पर्ने बताए।

विज्ञापन

उनले भने ‘पहिला प्रविधिको पूर्वाधार संरचनाहरु तयारी गरौ। प्रविधिका ग्‍यापहहरुलाइ पूर्ण रुपमा लाग्दा उपयुक्त हुन्छ।’

यस्तै सत्तारुढ पार्टीका प्रविधि विभागका प्रमुख एवं पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले सरकार विज्ञान प्रविधि तथा सूचना प्रविधिको नीति पास गरि सकेकोले अब डिजिटल ग्यापला कम गराउने तर्फ उन्मुख हुनु पर्नेमा जो दिए। उनले भने, ‘हामी प्रविधिमार्पत औद्योगिक क्रान्तिको लागि सरकारलाइ तयारीको लागि सहकार्य गर्न सुझाव दिएका छौ।

उनले ठट्यौली पारमा भने ‘ हामीले पहिला एउटै जी अर्थात गुरुजी मात्रै भेटाउथ्यौ तर अहिले त प्रविधिमा धेरै जीहरु (फाइभजी, इमर्जिङलगायत धेरै)को विकास भइसकेको छ। अब तपाइहरु कुन जीमा जाने हो त्यो तपाइहरुमा निर्भर रहन्छ।’

उनले विकासका पूर्वाधारहरु इशिक्षा, इहेल्थ, इएग्रेजीकल्चर लगायतमा कनेक्टीभीटीलाइ महत्वका साथ लगानी हुनु पर्ने बताए। उनले यी सबै कुराहरुमा राजनीतिकहरुले आआफ्नो स्थानीय निकायहरुसँग सहकार्य र संवादको माध्यमबाट प्रविधिमा पहुँच पुर्‍याउनु पर्ने बताए।
उनले भने, ‘ स्थानीय सरकारसँग, गाउपालिकाका अध्यक्षसँग इन्टरनेटको सुविधा दिनुस् अनि मात्र भोट दिन्छौ भन्‍नु पर्ने स्थितिको सृजना गर्नुपर्छ।’

यस्तै नेपाल टेलिकमका प्रवक्ता मीन प्रसाद अर्यालले नेपालको टेलिकम क्षेमा ‘डिजिटल स्किल’को अभाव रहेको छ।उनले यसका लागि सूचना प्रविधि प्रयोग शाला स्थापना गर्ने नेपाल दूरसञ्‍चार प्राधिकरणले कार्यक्रम अन्तर्गत हजार वटा विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने तयारी गइरहेको छ।

उनले भने, ‘सरकारको नीति अनुसार प्रविधिमा पहुँच पुर्‍याउन एनटीए तत्काल विद्यालयहरुमा प्रविधि प्रयोगशाला स्थापनामा जोड दिउको छ।’

उनले अन्तराष्ट्रिय टेलिम्युनिकेशन यूनियन (आइटियू)ले प्रत्‍येक वर्ष निकाल्‍ने आइटी इन्डेक्समा पहुँच, संरचना र प्रयोगका साथै डिजिटल सीपलाई मूल्‍यांकन गरी
देशको प्रविधिमा पहुँचको स्तर मापन गर्ने गरिएको बताए।उनले भने, ‘नेपालमा यसबारेमा तयारी निक्कै कम छ। टेलिकमको पूर्वाधार, प्रयोग र सीपलाइ धेरै भन्दा धेरै पहुँचमा पुर्‍याउनु जरुरी छ।’

उनले टेलिकम अब घरेलु विषय नभइ विश्वव्यापी रुपमा ग्लोबल विषय भइरहेको हामीलेआ आफैले नियमा कानुनहरु तर्जुमा गरेर अगाडि बढेमा कूल ग्राहस्थ उत्पादन जिडीपीमा योगदान दिन सक्‍ने बताए।

यस्तै क्यान महासंघकी वरिष्ठ उपाध्यक्ष सुनैना पाण्डे घिमिरेले डिजिटल लिटरेसीलाई प्रविधिको प्रयोग र खोजमा लाग्‍नु जरुरी रहेको छ जसको लागि नीजी क्षेत्रलाइ एफोर्टेबल र रियालयबल हुनु पर्ने अवस्था बनाउनु पर्ने बताइन्।

उनले भनिन्, ‘ नेपाल अहिले पर्यटन वर्ष २०२०को संघारमा छ। पर्यटनको लागि प्रविधिलाइ पहुँच र प्रयोग गरे धेरै फाइदा हुनेछ। साथै आइटी सर्भिसेजहरु नेपालको विकासको लागि धेरै महत्वपूर्ण हुनेछ।’ उनले विश्‍वमा पर्यटन क्षेत्रले ९.७८ जिडीपी योगदान गरिरहेको अवस्थामा नेपालले समेत यसको लाभ लिन सक्‍ने बताइन्।

यस्तै गृहमन्त्रालय उपसचिव एवं प्रविधि विज्ञ सुवास ढकालले सरकारले अब डिजिटल कन्टेन्ट विकास र पहुँचमा जोड दिनु पर्ने बताए। उनले भने, ‘नेपाललाई प्रविधिमा पाइला चाल्‍न निक्‍कै चुनौती पनि छ, त्यसमा पनि भाषाको बुझ्‍ने र बुझाउने मुख्य रुपमा आएको छ।’

उनले नेपालको मातृ भाषालाई कसरी प्रविधिमा पहुँच पुर्‍याउने र यसलाइ नीजी क्षेत्रसँग सहकार्य गरी स्थानीय भाषामा पनि कन्टेन उत्पादन गर्नुपर्छ भन्‍नेतर्फ सरकार, राजनीतिक दल र स्थानीय निकायले जोड दिनु पर्नेमा जोड दिए। उनले भने, ‘ त्यसको लागि सरकारी तवरबाट भाषाको समुदायसँग विश्‍वासको वातावरण बनाउनु जरुरी छ।’

अशोज १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्