घटस्थापनामा गण्डकी प्रदेशले दियो सार्वजनिक बिदा

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् भवन, गण्डकी प्रदेश, पोखरा।

पोखरा– दसैंको पहिलो दिन अर्थात घटस्थापनामा गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ।

गण्डकी प्रदेश मन्त्रीपरिषद बैठकले असोज १२ गते एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले भने, ‘प्रदेशले ६ दिन विभिन्न अवसरमा बिदा जारी गर्न सक्छ, घटस्थापना पनि विशेष दिन भएकाले बिदा जारी गरेका हौँ।’

घटस्थापनामा सार्वजनिक बिदा दिन क्षेत्री समाजले प्रदेश सरकार समक्ष माग राख्दै आएको थियो।

असोज १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्