कस्मेटिक सामानकाे प्रयाेगमा सचेतता ल्याउन ‘हेल्थ एण्ड ब्युटी एक्स्पो’

कस्मेटिक सामानकाे प्रयाेगमा सचेतता ल्याउन ‘हेल्थ एण्ड ब्युटी एक्स्पो’

काठमाडौँ– काठमाडौँकाे भृकुटीमण्डपमा ब्राण्डवर्थ प्राइभेट लिमिटेड र सौन्दर्य कला व्यवसायी संघको सयुक्त आयोजनामा ‘हेल्थ एण्ड ब्युटी एक्स्पो नेपाल २०१९’ सञ्चालन हुने भएको छ।

पछिल्लो समयमा सौन्दर्यप्रति मानिसहरु संवेदनशील भएकाले त्यसलाई अझै उजागर गर्ने उद्देश्यले एक्स्पो गर्न लागेको ब्राण्डवर्थ प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले बताए।

विज्ञापन

उनले भने,‘बजारमा विभिन्न किसिमका कस्मेटिक सामानहरु उपलब्ध छन्, तर ती सामानको प्रयोगबारे मानिसहरु अझै सचेत छैनन्, उनीहरुलाई यस्ता सामानप्रति सचेत गराउनका लागि यो एक्स्पो गर्न लागेका हौँ।’

यसबारे सही सूचना प्रदान गर्न एक्स्पो सञ्चालन गर्न लागिएको आयोजकले जानकारी दिए।

एक्स्पोले व्यक्तित्व विकास र आत्मविश्वास बढाउन सहयोग पुर्‍याउनुका साथै बौद्धिक सौन्दर्यमा सहयोग पुर्‍याउन वस्तु र सेवाको बारेमा जानकारी दिनका लागि एक्स्पोको आयोजना गरेको समेत उनले बताए।

पछिल्लो समयमा सौन्दर्य कलाप्रति महिला मात्र नभएर पुरुषहरुको आकर्षण बढ्दो रहेको ब्युटिसीयन कमला श्रेष्ठले बताइन्। उनले भनिन्,‘आकर्षण बढ्दो भएपनि यसको गुणस्तरमा कमी आएको छ, नेपालमा ६ अर्वकाे सामान खपत हुन्छ तर त्यसको अन्धाधुन्ध प्रयोग भइरहेको छ।’

एक्स्पोमा स्वास्थ्य संस्था, कस्मेटिक सामाग्री, सैन्दर्यसँग सम्बन्धित संस्थाहरु, मेकअप, स्पा एण्ड वेलनेस, व्यावसायीक तालिम कोर्स, जिम तथा फिटनेश सेन्टर योग तथा ध्यान केन्द्र लगायतका एक सय भन्दा बढी स्टल रहने छन्।

मङ्सिर ५ देखि ८ गतेसम्म सञ्चालन हुने एक्स्पोमा दुई लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ।

अशोज १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्