लागुऔषधसहित सिरहाबाट तीन जना पक्राउ

जनकपुरधाम– सिरहाको विभिन्न ठाउँबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिरहा जिल्लाका भगवानपुर गाउँपालिका वडा नं. १ का १८ वर्षीय बारिक मियाँ, उदयपुरकाे त्रियुगा नगरपालिका वडा नं. ४ का १७ वर्षीय विकास साह र लहान नगरपालिका वडा नं. ५ का २३ वर्षीय शेख मियाँ रहेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अपिल राज बोहराले जानकारी दिए।

बारिक मियाँ र विकास राउतलाई आज दिउँसो करिब २ बजे प्रहरी चौकी ठाढीबाट गस्तीमा खटिएको टोलीले भारतीय नम्बर प्लेट भएको मोटरसाईकल चेक गर्दा मोटरसाईकलको सिट मुनी राखेको अवस्थामा लागुऔषध नाईट्रोभेट २२ चक्कीसहित पक्राउ परेको हो।

यस्तै शेख मियाँलाई बिहीवार साँझ साढे ७ बजे ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले नेपाली नम्बर प्लेटको मोटरसाईकल चेकजाँचको क्रममा कालो झोला भित्र प्लाष्टिकमा राखेको प्रोमाथिङ ४० एम्पुल, नोर्फीम ४० एम्पुल, डाईजेल्याप ४० एम्पुल फेला पारेको सिरहा प्रहरी प्रवक्ता बोहराले  जानकारी दिए।

पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय लहान सिरहामा ल्याई थप अनुसन्धान गरिरहेको सिरहा प्रहरीले जनाएको छ।

असोज १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्