सानो ताराको वरपर फेला पर्‍यो नयाँ ठूलो ग्रह

खगोलविदहरुले नयाँ ठूलो ग्रह फेला पारेका छन् । हाल प्रचलनमा रहेका सिद्धान्तले यो ग्रह अस्तित्वमा रहेको स्वीकार गर्दैन । सो ग्रह बृहस्पती ग्रह जस्तै रहेको खगोलविदले बताएका छन् ।

नयाँ फेला परेको ग्रह २८४ ट्रिलियन किलोमिटर पर रहेको जनाइएको छ । एम–टाइप रेड ग्रह रहेको र हाम्रो ग्यालेक्सीसँग मिल्ने खालको हो । खगोलविदहरुको अन्तर्राष्ट्रिय समूहले नयाँ ग्रह फेला पारेको सम्बन्धी प्रतिवेदन साइन्स जर्नलमा प्रकाशित भएको छ ।

विज्ञापन

फेला परेको ग्रह उसको मातृ ग्रह भन्दा ठूलो छ । हाल प्रचलनमा रहेका सिद्धान्त अनुसार सानो मातृ ग्रहका ठूलो आकारका ग्रह हुँदैनन् भन्ने विश्वास गरिन्छ ।

अशोज ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्