‘रोनाल्डो परिपक्क भएछन्’

गोन्जालो हेगुइनले स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको प्रशंसा गरेका छन् । रोनाल्डो रियल मड्रिडमा रहँदा भन्दा हाल परिपक्क बनेको गोन्जालो हेगुइनले बताएका हुन् । हेगुइन सन् २०१३ मा रियल मड्रिडबाट बिदा भएका थिए ।

रोनाल्डो र हेगुइनले रियल मड्रिडमा चार सिजनसँगै खेलेका थिए । यो वर्ष हेगुइन युभेन्टसमा आएका छन् । हेगुइन सन् २०१३ मा इटालियन क्लब नापोलीमा गएका थिए ।

उनी सन् २०१६ मा युभेन्टस आए । तर गएको सिजन उनले लोनमा चेल्सीमा बिताएकाले यो सिजनदेखि मात्रै रोनाल्डोसँग युभेन्टसबाट सँगै खेल्न पाएका हुन् ।

फक्स स्पोर्टससँगको अन्तर्वार्तामा हेगुइनले रोनाल्डो आफूले विगतमा भेटेको भन्दा निकै परिपक्क बनेको बताएका हुन् ।

उनले भनेका छन्, ‘हामीले यसअघि नै रियल मड्रिडमा सँगै खेलेका थियौँ । धेरै वर्ष बिते, र हाल मैले रोनाल्डोमा अर्कै खेलाडी पाएको छु, जो अधिक परिपक्क बनेका छन् र परिवारका साथमा खुशी छन् उनी ।’ पुनः रोनाल्डोसँगै खेल्न पाएकोमा खुशी रहेको उनले बताएका छन् ।

असोज ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्