देश सञ्चारकर्मीद्धारा कार्यालयमै योग तथा प्राणायाम अभ्यास

काठमाडौँ — स्वस्थ जीवनका लागि देश सञ्चारले शनिबार बिहान योग शिविरको आयोजना गरेको छ।योग गुरु रवि शंकरले देशसञ्चारकर्मीलाई करिव दुई घण्टा योग तथा प्राणायामको अभ्यास गराएका थिए।

उक्त अवसरमा उनले नियमित योग तथा प्राणायाम गर्दा शरीर तथा मन स्वस्थ र फुर्तिलो हुने र तनावरहित जीवन जीउन सहयोग पुग्ने बताएका थिए।

विज्ञापन

खासगरी पत्रकारहरु अधिकांश समय काममा तल्लिन भइरहने हुँदा उत्पन्न हुने तनावलाई व्यवस्थापन गर्न योगको आवश्यकता रहेको उनको भनाई थियोे।

शिविर कार्यक्रमपछि आउँदै गरेको बिजयादशमी, तिहार र छट पर्वको उपलक्ष्यमा देशसञ्चारकर्मीबीच शुभकामना आदानप्रदान गरिएको थियो।

देशसञ्चार कार्यलय नजिक रहेको रेडियन्ट स्कूलले योगका लागि स्थान उपलब्ध गराएको थियो भने ईभेन्ट म्यानेजम्यान्ट सोलुसन प्रालिले सहयोग गरेको थियो।

 

अशोज ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू