अस्ट्रेलियामा नेपाली कला संस्कृति झल्कने ‘दशैं तिहार साँझ’

सिड्नी-‘ग्रानभिल नेप्लिज कम्युनिटी क्लब’को आयोजनामा गत सेप्टेम्बर २७ तारिख शुक्रबारका दिन ग्रानभिलस्थित ब्याउजा हलमा ‘दशैं तिहार साँझ’ सम्पन्‍न भयो ।

सिड्नीमा नेपालीहरूको बाक्लो उपस्थिति रहेको ठाउँमध्ये एक ग्रानभिलमा आयोजित सो कार्यक्रममा नेपाली कला संस्कृति झल्कने विभिन्‍न सांस्कृतिक प्रस्तुतिका साथै मनोरञ्जनात्मक कार्यक्रमहरू पनि पेश गरिएको थियो।

विज्ञापन

दोश्रो पुस्ताका नेपालीलाई नेपाली कला र संस्कृतिप्रति उत्तरदायी बनाउँदै हाम्रो संस्कार, चाडपर्व र रीतिरिवाजको अनुभूति गराउने मूल उद्देश्यका साथ आयोजित सो दशैं तिहार साँझमा हाँस्यकलाकार नारद खतिवडाको प्रहसनका साथै स्थानीय संघ, संस्था तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति पनि समावेश गरिएको थियो ।

नेप्लिज हिन्दु सोसाइटीका अध्यक्ष पं. प्रकाश ढोडारीले दुर्गा पूजा गरेर आरम्भ गरिएको सो कार्यक्रममा ग्रानभिल नेप्लिज कम्युनिटी क्लबका अध्यक्ष रमेश थापाले अस्ट्रेलियामा नेपालीहरूबीच भातृत्व र भाइचारा बढाउनुका साथै नेपाली कला संस्कृतिको जगेर्नाका लागि हरेक वर्ष क्लबले दशैं तिहार साँझ आयोजना गर्दै आएको बताए।थापाला नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृतिको पहिचान गराउने अभियानमा समेत संस्था लागिपरेको उल्लेख गरे।

प्रमुख अतिथि एनआरएनए ओसेनियाका संयोजक धर्मराज अधिकारीले सिड्नीको पश्चिमी भेगमा वसोवास गर्ने नेपालीहरूबीच आपसी सद्भाव बढाउन ग्रानभिल नेप्लिज कम्युनिटी क्लवबको भूमिका महत्वपूर्ण रहेको बताए।

पछिल्ला केही वर्षहरूमा नेपाली कला, संस्कृतिका कार्यक्रमहरूले यस क्षेत्रमा गति लिनु प्रशंसनीय कार्य भएको उल्लेख गर्दै निकट भविष्यमा नेपालमा हुन लागेको एनआरएनएको महाधिवेशन अस्ट्रेलियाको भूमिका उल्लेखनीय रहेको हुनाले सबैले एकताबद्ध भएर यसमा साथ दिनुपर्ने कुरा बताए।

कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका पूर्व अध्यक्ष गोवा कटवाल, एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यूसाउथवेल्स संयोजक देव गुरुङ, पूर्व उपाध्यक्ष नन्द गुरुङ, नेपाली कला साहित्य प्रतिष्ठानकी अध्यक्ष सुजाता बस्नेत, एनआरएनए अभियन्ता तथा पूर्व आइसिसी प्रवक्ता रञ्जु थापा, अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेल, आइसिसी सदस्य अरुणकुमार ठाकुर, छवि सापकोटा, प्रायोजकका तर्फबाट रेष्ट ग्रुपका सरोज प्रकाश पण्डित लगायतले दशैं तथा तिहारको शुभकामना दिएका थिए।

कार्यक्रममा प्रायोजक तथा सहयोगीहरूलाई अध्यक्ष रमेश थापा तथा पूर्व अध्यक्ष गोवा कटवाल लगायतले कदर पत्र प्रदान गरेको थिए।

एनआरएनए अस्ट्रेलियाकी सचिव उषाकिरण बारिया पोखरेल र एनआरएनएका अभियन्ता पारस थापाले सो कार्यक्रम संचालन गरेका थिए भने औपचारिक कार्यक्रमलाई एनआरएनए एनएसडब्लुका सचिव दीपक पहारीले संचालन गरेका थिए।कार्यक्रममा नेपाली समुदायका अगुवाहरूका साथै सिड्नीवासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

अशोज ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू