‘घनचक्कर’को १२ वर्षपछि सञ्‍जीव उप्रेतिले ल्‍याए ‘हंस’

काठमाडौं– प्राध्यापक तथा लेखक सञ्जिव उप्रेतीको नयाँ उपन्यास ‘हंस’ सार्वजनिक भएको छ। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आख्यानकार नयनराज पाण्डे र रंगकर्मी एवं लेखिका भूषिता बशिष्ठले उपन्यासको लोकार्पण गरे।

पुस्तकको समीक्षा गर्दै नयनराजले भने, ‘उपन्यास पढिसक्दा एक किसिमको शान्ति हुन्छ। यसको मतलब यसले प्रश्‍न छोड्दैन भन्ने होइन।’ यो पुस्तकले पर्यावरणलाई एउटा हाँसको आँखाले देख्छ भन्‍ने कुरा व्याख्या गरेको उनले बताए। पाण्डेले यो पुस्तकमा ‘सेन्स अफ ह्यूमर’ भएको बताएका छन्।

विज्ञापन

यस्तै पुस्तकले सम्बन्धको बारेमा सोच्न र पुरुष सोचलाई झकझकाउ मद्दत गरेको बताए। पाण्डेले सञ्जिवलाई भने, ‘यस्तो उपन्यास एकजना बौलाहाले मात्रै लेख्न सक्छन् । तपाईं यसरी नै बौलाइरहनुस् र फेरिफेरि यस्ता कृति प्रकाशन गरिरहनुस् ।’

उपन्यास ‘घनचक्कर’ प्रकाशित भएको १२ वर्षपछि सञ्जिव अर्काे उपन्यास ‘हंस’ लिएर पाठकमाझ आएका छन् ।

भूषिताका अनुसार सञ्जिवले कृतिको भाषामा नयाँ प्रयोग गरेका छन्। यस्तै अहिलेसम्म समाजमा मानवकेन्द्रित विश्वदृष्टि मात्रै लेखिएको उल्लेख गर्दै लेखक सञ्जिवले यसबाट बाहिर निस्कने प्रयास गर्न उपन्यासले सुझाउने बताए ।

अशोज ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्