महिला बचत तथा सहकारी संस्थाको ४ लाख २२ हजार

मोरङ-महिलालाई सबल र शसक्त बनाउने उद्धेश्यका साथ विराटनगर महानगरपालिकामा स्थापित महिला बचत तथा सहकारी संस्थाले २४औं साधारण सभा सम्पन्न गरेको छ।

संस्थाद्धारा शनिबार विराटनगरमा आयोजित एक कार्यक्रममा स्थानीय मधुमारा निवासी ८७ वर्षिया कृष्णमाया ढकाललाई सम्मान गरेको थियो।त्यसैगरी कार्यक्रममा एसइइमा उत्कृष्ट नतिजा ल्याउने कृतिषा लामिछाने र पुरानाे शेयर सदस्य रुना श्रेष्ठलाई सम्मान गरिएको निवर्तमान उपाध्यक्ष खोनकुमारी राईले जानकारी दिइन्।

विज्ञापन

उपाध्यक्ष राईका अनुसार संस्थाले यसपटकबाट शेयर सदस्यहरुका लागि सहज र नयाँ तरिकाबाट ऋण उपलब्ध हुने बताईन्। २ सय ५० भन्दा बढि शेयर सदस्य रहेको संस्थाले शेयर सदस्यको नाममा रहेको भौतिक सम्पत्तीको आधारमा २ लाख रुपैयादेखि माथि ऋण उपलब्ध गराउनेछ।

यसअघि संस्थाले सामान्य पशुपालन, पसल तथा सिलाई कटाइ मेशिन लगायतमा ऋण उपलब्ध गराउदै आएको ऋण समिति विन्दु ढुंगानाले जानकारी दिइन्। ढुंगानाका अनुसार हाल संस्थाले ६ लाख ४३ हजार ९ सय ७७ रुपैया जम्मा खुद आम्दानी गरेको छ।

त्यसैगरी, ब्याजबाट संस्थाले ५ लाख ९२ हजार ९ सय ६३ रुपैया आम्दानी भएको छ।

२०५२ सालमा स्थापित संस्थाको संञ्चालन मुनाफा ४ लाख २२ हजार ५ सय २२ रुपैया भएको संस्थाकी कोषाध्यक्ष निर्मला हमालले जानकारी दिइन्।

संस्थामा विराटनगर महानगरपालिकाको विभिन्न ५ भन्दा बढी वडाका महिलाहरुको सहभागिता रहेको छ। साधारणसभाले रिता श्रेष्ठलाई नयाँ अध्यक्षका रुपमा चयन गरेको छ। यसअघि, अध्यक्षमा गृहलक्ष्मी महाजु रहेकी थिइन्।

अशोज ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्