जंगली हात्तीको आक्रमणबाट चितवनको माडीमा एकजनाको मृत्यु

फाइल तस्बिर

चितवन – जंगली हात्तीको आक्रमणबाट चितवनको माडीमा एकजनाको ज्यान गएको छ । माडी नगरपालिका–१ द्रौपतिनगरकी ६२ वर्षे पञ्चमाया तामाङ्गलाई शनिबार राति पौने १० बजेतिर जंगली हात्तीले आक्रमण गरेको हो ।

घर नजिककैको गोठमा बस्तु बाँध्नका लागि गएकी पञ्चमायालाई बाटो तलबाट आएको हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

विज्ञापन

हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको हो । शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम भरतपुरमा रहेको अस्पताल ल्याउने तयारी भएको जनाइएको छ ।

अशोज १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्