मुटु स्वस्थ राख्नका लागि के गर्ने?

मुटु स्वास्थ्य र मुटु सम्बन्धी विभिन्न स्वास्थ्य समस्याबाट जोगिने उपायबारे सचेत गराउने उद्देश्यसहित आइतबार विश्व मुटु दिवस मनाईँदै छ ।

मुटु सम्बन्धी रोग र त्यसबाट जोगिने उपायबारे सचेत गराउने खालका विविध कार्यक्रम गरी हरेक वर्ष सेप्टेम्बर २९ मा यो दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा यो वर्षको नारा ‘स्वस्थ मुटुः हाम्रो प्रण’ भन्ने तय गरिएको छ ।

विज्ञापन

मुटु स्वस्थ राख्नका लागि

  • चुरोट, सुर्ती नखाने
  • पत्रु खाना नखाने
  • व्यायाम तथा खेलकुदमा सक्रिय हुने
  • फलफूल तथा सागपात खाने
  • मानसिक तनाव, रिस तथा उत्तेजनाबाट परै बस्ने
  • बालबालिकामा देखिने टन्सिल रोगको उपचार समयमै गर्ने
  • मोटोपन घटाउने
  • उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल आदी रोगको उपचार तत्काल गर्ने
  • दैनिक ६–८ घण्टा सुत्ने
  • नियमित रुपमा (कम्तिमा वर्षको एक पटक) मुटु स्वास्थ्यको परीक्षण गर्नु पर्छ ।
अशोज १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्