एनसीसी बैंकद्वारा विद्यालयलाई चार लाख सहयोग

काठमाडौँ – एनसीसी बैंकले काठमाडाँको महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयलाई चार लाख आर्थिक सहयोग गरेको छ ।

विद्यार्थीलाई सूचना प्रविधिमा पहुँच पुर्याउन बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम उपलब्ध गराइएको बैंककी प्रवक्ता बन्दना पाठकले जानकारी दिइन् ।

विज्ञापन

एक समारोहकाबीच एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदशीलाई चेक हस्तान्तरण गरेका थिए ।

अशोज १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्