सनराइज क्यापिटलद्वारा २० प्रतिशत नगद लाभांश पारित

काठमाडौँ – सनराइज क्यापिटल लिमिटेडको नवौँ वार्षिक साधारण सभा काठमाडौँमा सम्पन्न भएको छ ।

सभाले सञ्चालक समितिबाट सिफारिस भएबमोजिम आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश (४ करोड नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, सभाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब एवं नगद प्रवाह, लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक समेत पारित गरेको कम्पनीको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

असोज १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्