‘उद्योग सञ्चालन गर्न चाहने व्यवसायीलाई कर छुट र जग्गाको व्यवस्था गर्छाैँ’

धनगढी –सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आजदेखि निर्माण सामाग्री तथा हार्डवेयर प्रदर्शनी शुरु भएको छ।

यही असाेज १५ गतेसम्म संचालन हुने प्रर्दशनीको एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले उद्घाटन गरे।

विज्ञापन

प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री बाेहराले प्रदेशमा उद्योग सञ्चालन गर्न चाहने व्यवसायीलाई कर छुटसँगै आवश्यक जग्गाको व्यवस्था गरिने घोषणा गरेका छन्।

मन्त्री बोहराले उद्योग सञ्चालनको लागि आवश्यक पर्ने पूर्वाधारको विकाससँगै पूर्ण सुरक्षाको व्यवस्था गर्ने दायित्व पनि प्रदेश सकारले लिने बताए। मन्त्री बोहराले यसै आर्थिक वर्ष भित्र सुदूरपश्चिम प्रदेशमा अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गरिने र त्यसले यस क्षेत्रमा लगानीको वातावरण बन्ने बताए।

‘म उद्योगीलाई भन्न चाहन्छु’ मन्त्री बोहराले भने, ‘त्यसमा निजि क्षेत्रको सहभागिता महत्वपूर्ण छ। सुदूरपश्चिम प्रदेश सरकारले त्यतातिर पनि सोचेको छ।’

मन्त्री बोहराले प्रदेशको आर्थिक विकास र सम्वृद्धिका लागि निजी क्षेत्रको ठूलो आवश्यकता हुने भन्दै बारिहबाट आयात गरेका निर्माणा सामाग्रीको मात्रै खपत नगरी आफ्नै क्षेत्रमा औद्यागिक विकास गर्न आग्रह गरे।

सरकार र व्यवसायीबीच सुमधुर सुम्बन्ध स्थापित गर्न प्रदेश सरकारले व्यवसायी मैत्री कानुन निर्माण गर्ने भन्दै मन्त्री बोहराले छिट्टै लगानी बोर्ड गठन गर्ने तयारीमा सरकार रहेको बताए।

उनले व्यवसायीलाई करको भारी बोकाउन आफूहरुले नचाहको प्रतिक्रिया दिए। त्यसअघि मञ्चमा बोल्ने हार्डवेयर व्यवसायी, निर्माण व्यवसायी तथा उद्योग वाणिज्य संघका पदाधिकारीले सरकारले व्यवसाइलाई सुविधा नदिएर कर वृद्धिमात्रै गर्ने गरेको आरोप लगाएका थिए।

तर मन्त्री बोहराले भने प्रदेश सरकारले निर्धारण गरेको करमा कुनै समस्या भए समायोजन गर्न सरकार तयार रहेको बताए। उनले भने, ‘ म दावाका साथ भन्न सक्छु की, प्रदेशमा व्यवसाय मैत्री करको दर निर्धारण गरिएको छ। कसैले यो क्षेत्रमा समस्या भयो भनोस् हामी समायोजन गर्न तयार छौँ।’ प्रदेश सरकारले करको दर नभई दायरा बढाउन चाहेको उनको दावी छ।

प्रदर्शनीस्थलमा ७० स्टल रहको कैलाली हार्डवेयर व्यवसायी संघका अध्यक्ष सुरेन्द्र राठीले बताए। स्टलमा सरिया, सिमेन्ट, प्लाई, पिभिसी पाइप, पिभिसी फिटिङ, स्यानेटरी, टायलल्स, लगायतका समाग्रीको प्रदर्शनी हुने उनले बताए।

एक्सपोमा अधिराज्य भर सञ्चालनमा रहेका निर्माण तथा हार्डवेयर कम्पनिसँगै भारतका १० ओटा कम्पनि तथा बंगलादेशी र चाइनीज कम्पनीले समेत स्टल राखेको उनले बताए।

हार्डवेयर प्रदर्शनी मेला उपभोक्ता र निर्माण कम्पनी तथा विक्रेतालाई जोड्ने ठाउँ भएको संघका पूर्व अध्यक्ष मायाप्रकाश भट्टले बताए।

यसका साथै उपभोक्ताले हाल बजारमा उपलब्ध विभिन्न कम्पनीका निर्माण सामाग्री तथा हार्डवेयर सामाग्रीका बारेमा कम्पनीकै प्रतिनिधिबाट जानकारी लिने मौका प्राप्त गर्ने उनको दावी छ।


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

अशोज १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्