भृकुटीमण्डपमा एकै छानामुनि ‘दसैँकाे किनमेल’

काठमाडौँ– दसैँको अवसरमा भृकृटीमण्डपमा इभेन्ट शोलुशनको आयोजनामा विभिन्न मेलाहरु भइरहेका छन्। जसमध्ये ‘अफरै अफरको व्यापारिक मेला, शपिङ गर्ने यही हो बेला’ एक हो।

विशेषगरी दसैँका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरु एकै छानामुनी पाइने आयोजकको भनाई छ।

विज्ञापन

उक्त मेलामा नेपाली उत्पादनका सामाग्री रहेका छन् भने भारत, पाकिस्तान, चाइना, बङ्गलादेश, र जापान लगायतका देशहरुको सहभागिता रहेको आयोजक इभेन्ट शोलुशनले जानकारी दिएको छ।

यस्तै मेलामा घरायसी सामान, लत्ताकपडा, खाद्यन्न, लगायतका एक सय ७५ स्टलहरु रहेको इभेन्ट शोलुशनका सिइओ विजय प्रधानले बताए।

उनले उक्त मेलामा सबैभन्दा बढी नेपालमा उत्पादन भएका सामाग्री रहेको र दसैँमा हरेक सामाग्री एकै स्थानमा पाउने जानकारी दिए।

यस्तै उक्त मेलामा सहभागी व्यापारी मनकामना गारमेन्टका प्रबन्ध निर्देशक सुमित प्रधानले नेपालमा उत्पादन गरेका पाइन्ट तथा सर्टहरु आफूले ग्राहकहरुलाई नेपाली उत्पादन सम्बन्धी जानकारी दिन स्टल राखेको बताए।

नेपाली बजारमा नेपाली उत्पादनका बारेमा राम्रो ज्ञान नभएको र भए पनि नेपाली सामाग्री खरिद नगर्ने उनको गुनासो छ।

उनले नेपाली उत्पादन पनि बाह्य उत्पादन जस्तै गुणस्तरीय र टिकाउ हुन्छ भन्ने कुरालाई सबै सामु जानकारी गराउन यस्ता मेला राम्रो माध्यम बनेको बताए।

मनकामना गारमेन्टका प्रबन्ध निर्देशक सुमित प्रधान

उक्त मेलामा दसैँ अफर पनि राखेको र यसका माध्यमबाट ग्राहकहरु नेपाली उत्पादन खरिद गर्न तथा नेपाली सामाग्रीले बजारमा स्थान पाउने उनको आशा छ।

मेलामा अहिले राम्रो व्यापार भएको र नेपाली सामाग्री पनि ग्रहाकले मन पराएको उनको भनाई छ।

उनले भने ‘अहिले मेलामा ग्राहकहरु पनि धेरै आइरहेका छन्। उनीहरुले नेपाली ब्राण्डलाई मन पराएका छन्। र नेपाली उत्पादनलाई राम्रो प्रतिक्रिया पनि दिइरहेका छन्।’

उनका अनुसार नेपाली उत्पादनमा उपभोक्ताले सुझाव दिनुका साथै नेपाली उत्पादन पनि प्रयोग गरिरहेका छन्।

मेलामा अवलोकनकर्ताहरुको घुइँचो देख्न सकिन्छ। दसैँको अवसरमा किनमेल गर्ने ग्राहकहरुको चाप पनि उतिकै रहेको छ।

यस्तै उक्त मेलाका अवलोकन तथा किनमेल गर्न आएका ग्राहक मनोज लामिछानेले सामानहरुमा बजारको मूल्य र मेलामा पाइने सामाग्रीको मूल्य उस्तै–उस्तै भएको बताए।

उनले मूल्य फरक नभए पनि सम्पूर्ण सामानहरु एकै स्थानमा पाइने भएकाले किनमेल गर्न सजिलो भएको बताए।

उनले भने ‘मेलामा स्टलहरु राखेर मूल्यमा फरक नपरेको हो या नघटाएको हो। बजार र मेलामा मूल्य फरक छैन।’

उत्त मेला असोज ९ देखि सुरु भएको मेला सोमबारसम्म सञ्चालन हुनेछ, भने मेलाको आज चौथो दिन हो।

अशोज १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्