मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

फाइल तस्बिर

बाँके– बाँकेको खजुरा गाउँपालिका–३ मा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा परी खजुरा गाउँपालिका–४ निवासी २४ वर्षीय कमल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए।

उनका अनुसार प्रदेश–३–२–००–११८५ नम्बर को मोटरसाइकल सडकको छेउमा रहेको विजुलीकाे पोलमा ठोक्किएर दुर्घटना भएको थियो।

थापा उक्त मोटरसाइकलमा सवार रहेका थिए। घाइते मोटरसाइकल चालक खजुरा गाउँपालिका–४का २३ वर्षीय आशिष थापाको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ।

असोज १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्