मनसुनी गतिविधि कमजोर भयो, अब सुधार हुँदै जान्छ मौसम

काठमाडौँ – मौसममा अघिल्ला दिनको तुलनामा केही सुधार भएको छ । हाल देशका पूर्व र मध्य क्षेत्रमा हाल सामान्यदेखि पूर्ण बदली भएको छ । केही स्थानमा हल्का पानी पनि परेको छ ।

सोमबार दिनभर देशका पूर्व र पश्चिम भूभागमा आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् । बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ । पूर्व र मध्य क्षेत्रका केही तथा पश्चिमका थोरै रुथानमा हल्का वर्षा हुने सम्भावना छ ।

विज्ञापन

राति पूर्व र मध्य भेगमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बाँकी भूभागमा आंशिक बदली हुनेछ। पूर्व र मध्यका केही तथा पश्चिमका थोरै स्थानमा हल्का वर्षा हुने जनाइएको छ ।

अब बिस्तारै मौसम खुल्दै जानेछ । मनसुन नबाहिरिएको भए पनि अब मौसम खुल्दै जाने र केही दिनमा मनसुन पनि बाहिरिने मौसमविद मीनकुमार अर्यालले बताएका छन् ।

अशोज १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्