अन्तरिक्ष कति सुरक्षित छ, अंतरिक्ष यात्रीको प्रजनन् क्षमतामा कुनै प्रभाव पर्दैन?

अन्तरिक्षमा पुगेर फर्किनेहरुको स्वास्थ्यमा के कस्तो प्रभाव पर्छ ? अन्तरिक्षमा पुगेर फर्किएका जनावर र मनुश्यको स्वास्थ्यमा फर्केपछि पर्ने प्रभावबारे वैज्ञानिक अनुसन्धान हुने क्रम जारी छ ।

अन्तरिक्षमा बाँदर, कुक्कुर, चिम्पान्जीसहित पाँच सय जनावर र मानिस पठाइएका छन् । यी मध्ये केहीको यात्राकै क्रममा मृत्यु भएको थियो भने अधिंकाशले अन्तरिक्षबाट फर्केपछि सामान्य जीवन बाचेका थिए । अंतरिक्ष यात्राबारे एउटा सर्वाधिक चासोको विषय के रहेको थियो भने, के अन्तरिक्षमा केही दिन बिताएर फर्केका प्राणीको प्रजनन् क्षमतामा कुनै नकारात्मक प्रभाव पर्छ कि पर्दैन ?

विज्ञापन

अनुसन्धानका क्रममा अन्तरिक्ष यात्रा गर्ने प्राणीको यात्रा पूर्व र यात्रापछिको स्वास्थयमाथि सूक्ष्मतापूर्वक अवलोकन गरियो । १९६० को दशकमा अन्तरिक्ष यात्राको प्रारम्भिक चरणमा वैज्ञानिकहरुलाई केही यस्ता तथ्य भेटिएका थिए जसले अन्तरिक्ष यात्राले पुरुष शुक्राणुलाई नराम्ररी प्रभावित गरेको कुरा प्रकाशमा आएको थियो ।

एउटा अनुसन्धानमा वैज्ञानिकले मूसाका शुक्राणुलाई अन्तरिक्षमा पठाएका थिए । पृथ्वीमा फर्केर ल्याउँदा ती शुक्राणुमा विकिरणले क्षति पुर्‍याएको पाइयो । एउटा अर्को प्रयोगमा मुसालाई १३ दिनसम्म अंतरिक्षमा राख्दा पृथ्वीमा फर्काएर ल्याउँदा ती मुसामा शुक्राणु संख्या नै घटेको पाइएको थियो ।

यसै क्रममा हालै भएको नयाँ अनुसन्धानले पुरानो अवधारणालाई खण्डित गरेको छ । वैज्ञानिकहरुले १२ वटा मुसालाई ३५ दिनसम्म अन्तर्राष्ट्रिय स्पेस स्टेशनको “माइक्रोग्रेभिटी” मा राखे । पृथ्वीमा फर्काएपछि वैज्ञानिकहरुले यी मुसाका शुक्राणुबाट स्त्री मुसाको अंडाणु निषेचित गराए । यस निषेचनबाट स्वस्थ मूसा जन्मिए । यसै प्रयोग अन्तर्गत अन्तरिक्षबाट फर्केको मुसा प्रजनन् गर्न सक्षम पाइयो ।

ओसाका यूनिवर्सिटीका प्रोफेसर मसाहितो इकावाको टीमले यसबारे बृहत अनुसन्धान गरेको छ । साइन्टिफिकल जर्नलमा प्रकाशित रिपोर्टमा इकावा भन्छन्, ‘केही समयका लागि अन्तरिक्षमा रहेर फर्केका प्राणीको प्रजनन् अंगको गतिविधि, शुक्राणुको क्षमता र तीबाट जन्मिएका सन्तानमा कुनै नराम्रो प्रभाव पर्दैन ।

रिसर्चको रिपोर्टमा भनिएको छ, ‘आउने केही वर्षभित्र सर्वसाधारणका लागि अन्तरिक्षमा जाने सुविधा उपलब्ध हुनेछ । यस्तोमा यो अध्ययन आवश्यक भएको थियो, अन्तरिक्षमा जाने प्राणीको प्रजनन् क्षमतामा कुनै किसिमको नकारात्मक प्रभाव पर्छ कि पर्दैन ?

सन् १९५७ मा अन्तरिक्षमा पुग्ने पहिलो प्राणी लाइका नाम गरेको कुकुर थियो तर लाइका सुरक्षित पृथ्वीमा फर्किन सकेको थिएन । यसपछि १९६० मा स्ट्रेल्का र बेलका नामक दुईवटा कुकुर अन्तरिक्षमा पुगेर पृथ्वीमा सुरक्षित फर्किन सफल बनेका थिए । रुसले अन्तरिक्षमा कुकुर पठाएर अनुसन्धान गर्‍यो भने अमेरिकाले अन्तरिक्षयात्रामा बाँदर पठाएको थियो ।

१९५८ मा अमेरिकाले गोर्डो नामक वाँदर अन्तरिक्षमा पठाएको थियो जुन सुरक्षित फर्किन सकेन । १९५९ मा अमेरिकाले मिस बेकर र एबल नाम गरेका दुईवटा बाँदरलाई अन्तरिक्षमा पु¥याएर पृथ्वीमा सुरक्षित फर्काएको थियो । एबलको पृथ्वीमा फर्केको केही दिन मै निधन भयो भने मिस बेकर १९८४ सम्म जीवित रहेकी थिइ । १९६१ मा अमेरिकाले हैम नामक चिम्प्यान्जीलाई अन्तरिक्षमा पठाएको थियो ।


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

अशोज १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्