यस वर्ष नेपालकै खसी-बोकाले दसैँ धान्‍ने विभागको दाबी, भारतबाट तीन ट्रक मात्रै भित्रिए

दसैँका लागि काठमाडौं भित्र्याइएका खसी-बोका। यस पटक उपत्यकामा दसैँका ३० हजार खसीबोका आपूर्ति हुने विभागले जनाएको छ। तस्बिर-पूर्णिमा विक/देश सञ्‍चार

काठमाडौँ-घरघरमा घटस्थापनासँगै नेपालीहरुको महान चाड दसैँको महोल सुरु भएको छ। दसैँको बेला खाद्य वस्तु, लत्ता कपडाको मागसँगै मासुको पनि त्यति नै धेरै खपत हुन्छ।

दसैको अवसरमा हरेक नेपालीको घरमा मासु पाकेकै हुन्छ। यति मात्र होइन, हिन्दूधर्म अनुसार दसैँमा बली चढाउने परम्परा पनि रहेको छ।

विज्ञापन

जसका लागि सरकार तथा विभिन्न सरोकारवाला निकायले खसी, बोका तथा च्याङग्राको आपूर्ति सहज बनाउन काम गरिरहेका छन्।

काठमाडौँ उपत्यकाका उपभोक्ताका लागि करिब ३० हजारभन्दा बढी खसी-बोका आयात भएको पशु सेवा विभागकी उप-महानिर्देशक सम्झना काफ्ले पाण्डेले बताइन्।

यस्तै पशु सेवा विभागकी उप-महानिर्देशक सम्झना काफ्ले पाण्डेले देशका विभिन्‍न क्षेत्रबाट खसी-बोका आयात भइरहेका बेला उनीहरुको स्वास्थ्य परीक्षण गरेमात्र ल्याउन आग्रह गरेकी छन्।

भारतबाट खसी-बोका आयातमा रोक लगाएको कुरा गलत भएको बताइन्। उनले भारतबाट स्वास्थ्य परीक्षण भएका पशु मात्र आयात गर्ने गरेको उनले भताइन्।

उनले भनिन् ‘नेपालको जुनसुकै नाकाबाट आयात गरे पनि हुन्छ। तर त्यसका लागि पशुको स्वास्थ्य परीक्षण गरेको प्रमाणपत्र हुनुपर्छ।’ उनका अनुसार पहिलो आर्थिक वर्षको पहिलो प्रमाणपत्र भएको र भारतबाट आयात हुने पशुको नेपालका नाकामा भएका क्वारेन्टाइनमा पुनः परीक्षण गरिन्छ।

खसी–बोकामा पुनः जाँच गर्दा रोग भेटिएमा ती खसी–बोकालाई अलग ठाँउमा १४-२१ दिनसम्म राखेर उपचार गरिने उनको भनाइ छ। रोग पनि विभिन्न प्रकारका हुने भएकाले स्वस्थ भएका खसी–बोकाको स्वास्थ्य प्रमाणपत्र दिएपछि मात्र बिक्रि गर्न मिल्ने बताइन्।

स्वस्थ-अस्वस्थ कसरी थाहा पाउने


स्वास्थ खसी-बोकाको कसरी पहिचान गर्ने भन्‍ने सन्दर्भमा उनले स्वस्थ खसी–बोकाको सिहमा हरियो रंग, विरामीमा रातो रंग लगाएको हुन्छ। जसले सजिलै स्वस्थ र अस्वस्थ खसी–बोकाको पहिचान गर्न सकिन्छ।

उनले दसैँको महोलमा मानिसले स्वास्थ्यमा पनि ख्याल गर्न सुझाव दिइन्। यस्तै उनले खसीबोका खरिद गर्दा स्वस्थ छन् या छैनन् भन्ने कुरामा ध्यान दिन पनि आग्रह गरिन्।

आपूर्ति सहज गरिँदै


उप–निर्देशक काफ्लेले उपभोक्ताको माग पुरा गर्न सहज वातावरण मिलाउने बताइन्। उनले भनिन् ‘हामीले विभिन्न ठाँउमा पशु संकलन गर्ने निकाय तथा ढुवानी गर्दा स्वास्थ्य परीक्षणका कागजपत्र हुनुपर्ने छ।’

यस्तै उद्योग वाणिज्य तथा अपूर्ति मन्त्रालयले १३ गतेदेखि खसी बोका र च्याङ्ग्रा सहुलियत मूल्यमा विक्रि गर्न सरु गरेको जनाएको छ। निजी क्षेत्रले मात्रै खसी-बोका बेच्दा कालो बजारीले नमौलाओस भन्‍ने उदेश्यले विगत देखि नै सरकारले दसैंमा खसी–बोका विक्रि वितरण गर्दै पनि जनाएको छ।

सरकारले तोकेको दरमा उपभोक्ताले खसी बोका तथा च्याङग्रा खरिद गर्न सक्ने भनिए पनि व्यापारीहरुले आफै मोलभाउ गर्ने गरेको चौपाया संघका अध्यक्ष सन्तोष बहादुर खत्रीले बताए।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले दसैंमा भारतीय खसी-बोकाको आयात नहुने भनिए तापनि अध्यक्ष खत्रीले भारतबाट तीन ट्रक खसी बोका आयात गरेको बताए। उनले ती सबै खसीबोका क्वारेन्टाइन पास भएर आएको बताए।

उनका अनुसार भारतबाट खसीबोका आयात गरिए पनि विशेष प्रथामिकता भने नेपालमा उत्पादन भएका खसी बोका च्याङग्रालाई दिने गरेका छ। यस्तै अध्यक्ष खत्रीले इलाम, छापा, दाङ, खोटाङ, गाईघाट, सुर्खेत र दैलेख बाट आयात भइरहेको बताए।

उनका अनुसार मूल्यमा घटबढ भइरहने र जिउँदै खसीबो तौलिएर बिक्री गर्ने गरेको जानकारी दिए। गतवर्ष काठमाडौँको कुल खसीबोकाको ७० प्रतिशत माग भारतका खसीबोकाले धानेपनि यस वर्ष नेपालको उत्पादनले धान्‍ने विभागले जनाएको छ।

काठमाडौको माग धान्न बाख्रा व्यवसायी संघबाट २७ हजार, हेफर नेपालको कार्यक्रम लक्षित बाख्रापालक कृषक समूहबाट १५ हजार, कृषकबाट खुद्रा रूपमा ७ हजार र बाख्रा व्यापारीहरूबाट १२ हजारदेखि १५ हजारसम्म खसी-बोका उपलब्ध हुने मन्त्रालयले जनाएको छ।

अशोज १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्