विप्लवका नगर इञ्चार्ज पक्राउ

फाइल तस्बिर

बाग्लुङ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक नेतालाई जिल्ला प्रहरी कार्यालय बाग्लुङले पक्राउ गरेको छ । बाग्लुङ गल्कोट नगर इञ्चार्ज सुदर्शन नेपालीलाई सोमबार उनकै गाउँबाट प्रहरीले पक्राउ गरेको हो ।

गल्कोट नगरपालिका–११ मझुवा का २८ वर्षीय सुदर्शन नेपालीले स्थानीय व्यवसायीलाई डर धम्की देखाएर चन्दा असुली गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी उपरीक्षक नवराज भट्टका अनले जानकारी दिए ।

विज्ञापन

अशोज १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्