सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो

काठमाडौँ – साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ७० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेर ६९ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेर ६८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर आठ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

विज्ञापन

अशोज १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्