नयाँ तथ्‍य फेला: ‘अब आर्टिफिसियल इन्टेलिजेन्स्’बाटै डिप्रेसनको उपचार सम्भव !

एजेंसी-‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)ले स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मार्ने भएको छ। ‘डिप्रेसन’ अर्थात तनावग्रस्त रोगीको उपचार ‘आर्टिफिसियल इन्टेलिजेंस’ का माध्यमले गर्न सकिने नयाँ तथ्य फेला  परेको छ। उक्त तथ्य अनुसार अब ‘एआई’ले नै तनावग्रस्त रोगीले कुन औषधि खानु पर्ने निर्धारण गरिदिने भएको छ।

वैज्ञानिकहरुले’ एआई’का माध्यमले मस्तिष्कको गतिविधिको त्यो प्याटर्न पत्ता लाउने सफलता पाएका छन् जसले तनावग्रस्त रोगीले कुन ‘एन्टीडिप्रेसेन्ट’ (तनाव अवरोध) औषधि खानुपर्छ भन्‍ने जानकारी दिन सक्छ।

विज्ञापन

अमेरिकन जर्नल अफ़ साइक्याट्री‘ र ‘नेचर ह्यूमन विहेवियर जर्नल‘ मा प्रकाशित रिपोर्ट अनुसार तनावग्रस्त रोगीको ‘ब्रेन इमेजिङ्ग ‘बाट अब यो ज्ञात हुनसक्छ कि उसले सेवन गरिरहेको औषधि कतिको प्रभावकारी छ ? भन्‍ने बारेमा राष्ट्रिय स्तरमा गरिएका परीक्षणले निष्कर्षहरु समावेश गरिएका छन्।

उक्त अनुसन्धानको उद्देश्य जैविक आधारमा मस्तिष्क सम्बन्धि विकारको उपचारका लागि रणनीति बनाउनु र प्रचलित परम्परागत उपचार पद्धतिमा सुधार ल्याउनु रहेको छ। यस अनुसन्धानमा अमेरिकाको ‘युटी सउथवेस्टन्स्‌ सेन्टर फर डिप्रेसन रिसर्च एण्ड क्लिनिकल केयर‘ का शोधकर्ताहरु सहभागी भएका थिए।

अनुसन्धानमा सलग्न शोधकर्ताहरुका अनुसार विश्‍वमा बढ्दै गइरहेको डिप्रेसन रोगीको संख्यालाई दृष्टिगत गरी उनको उपचारमा देखा परेका व्यवधानलाई निर्मूल गर्न यो नयाँ खोज एकदम प्रभावी हुनेछ। यसविधि अन्तर्गत ‘ब्रेन इमेजिङ्ग’ र रगतको विश्‍लेषण गरिन्छ।

अनुसन्धानका निर्देशक मधुकर त्रिवेदीका अनुसार डिप्रेसन रोगीलाइ अनुमानका भरमा दिइने उपचार र औषधिको अन्त्‍य हुनुपर्छ।साथै अब यस्तो उपचार पद्धति विकसित हुनुपर्छ जसले अनुमानले होइन सटिक तरिकाले डिप्रेसनका रोगीलाई उपचार दिन सकोस्।

डिप्रेसनका रोगी पहिला नै निराशा र कुण्ठाले ग्रस्त रहेका हुन्छन्। यस्तोमा उनीहरुले सेवन गरिरहेको औषधिले काम गरेन भने उनीहरुको निराशा झनै व्यापक हुन जान्छ।

उनका अनुसार ‘एआई’ का माध्यमले निर्देशित औषधि सेवन गरेका रोगीमा दुई महिनामै उनीहरु सकारात्मक परिणाममा फर्किसकेका हुन्छन्। डिप्रेसन रोगीमा ‘ब्रेन इमेजिंग’ अध्ययन अत्यन्त महत्वपूर्ण हुन्छ ,यो नगरेसम्म सटिक रूपमा डिप्रेसन रोग पत्ता लाउन नै गारो हुन्छ।

अशोज १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्