चितुवाको बंगारादेखि पुच्छरसम्मको छालासहित एक पक्राउ

दाङ-दाङ प्रहरीले चितुवाको छाला सहित एकजना व्यक्ति पक्राउ गरेको छ।

विशेष सुराकीको आधारमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ विद्युत कार्यालय नजिकको सडकबाट रुकुम(पूर्व) पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १४ निवासी १९ वर्षिय भिमप्रसाद विकलाई चितुवाको छाला सहित प्रहरीले पक्राउ गरेको हो।

विज्ञापन

प्रहरीले झोलामा लुकाई राखेको अवस्थामा टाउँको बंगारा देखी पुच्छर सम्मको ७ फिट ६ ईन्च लामो चितुवाको छाला फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी विनोद विक्रम शाहले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका व्यक्तीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारबाहीको लागी डिभिजन वन कार्यालय दाङमा बुझाइएको छ।

अशोज १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्