ग्लोबल आइएमईले शेयरधनीलाई २५.५ प्रतिशत लाभांश दिने

काठमाडौं-ग्लोबल आइएमई बैंकले आफ्ना शेयरधनीलाई २५.५ प्रतिशत लाभांश दिने भएको छ।

बैंक संचालक समितिको सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७५-०७६ को वितरणयोग्य मुनाफाबाट उक्त परिमाणमा लामांश दिने निर्णय गरेको हो।

विज्ञापन

बैंकले १२.७५ प्रतिशत शेयर लाभांश र १२.७५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ।

बैंकले आज उक्त जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको हो। उक्त लाभांश बैंकको साधारणसभाले र नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि वितरण हुने कम्पनी सचिव विष्णुप्रसाद बाँस्कोटाले जानकारी दिए।

यस्तै शिवम् सिमेन्ट प्रा.लिले आफ्ना शेयरधनीलाई प्रतिशेयर १५.७८ प्रतिशतका दरले नगद लाभांश दिने भएको छ।

आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट रु ६९ करोड ४७ लाख ३८ हजार लाभांश वितरण गर्न लागेको हो।


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

अशोज १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्