दाङ-रातिको ८ बज्दै छ। बत्तीको उज्यालोमा भित्तालाई चिल्लो बनाउने काम भइरहेको छ। धुलाम्मे छन्। त्यहीँ धुलोको बिचमा काममा खटिएकाका छन् देवीराम चौधरी। पेटिङ्गलाई फिनिसिङ्ग गर्न उनी खटिएका हुन।

उनी विदेशबाट घर फर्किएको मात्र ६ महिना भएको छ। तर, लमही नगरपालिका वडा नम्बर ६ निवासी देविराम चौधरीलाई घरमा रङ्ग लगाउने कामले फुर्सद छैनन् । विदेशमा रहदा उनले घर पेन्टिङको काम सिके।

घर फर्किएपछि यो कामलाई उनले व्यावसायिकता दिएका छन्।`विदेशमा रहदा यहीँ काम गरे। जाँदा केही सिकेको थिएँ। विदेशमा रहदा त्यहीँ काम गरेँ´उनले भने-`घर फर्किएपछी पेन्टिङको कामलाई अघि बढाए। अहिले फुर्सद छैन।´

विदेशमा उनले मासिक ४० हजार जति कमाउथे।अहिले त्यति रकम आफ्नै ठाउँमा पेन्टिङ गरेर आम्दानी गर्ने गरेका छन्।`अब विदेश जाँदैन भनेको छु, अहिलेसम्म काम पाइएको छ´उनले भने-`विदेशमा गरेको जस्तै मेहनत गरेर काम भइरहेको छ।´

विदेशमा २२ तल्ले अग्लो घरमा समेत पेन्टिङ गरेका उनले अहिले रात दिन नभनेर पेन्टिङ गरिरहेका छन्। पेन्टिङको काममा देवीरामले आफ्ना अन्य साथिहरुलाइ पनि साथ लगाएका छन्। लमही-३ टिकुलिगढ निवासी महेश चौधरी पेन्टिङमा लागेको ९ वर्ष भयो।

यही पेशाबाट उनको परिवार चलेको छ।`शहरीकरण बढ्दै गएपछि हाम्रो पनि काम बढेको छ´उनले भने-`महिनाको २६ हजार बढी आम्दानी हुन्छ।´मानबहादुर चौधरी ३९ बर्षका भए।

 

२०६० साल देखि उनले पेन्टिङको काम थालेका हुन ।`अरु काम सिक्न सकिएन । यही काममा रहर बस्यो´उनले भने-`अरु काम सिकौं भने उमेर पनि छैन, यो कामबाट सन्तुष्ट छु।´

विदेश जाने सोच बनाएका लमही-७ का विश्राम चौधरी हातमा सीप भएपछि विदेश जानबाट रोकिए। उनले अहिले पेन्टिङको काम गरिरहेका छन्।`

पहिला भारतमा काम गर्थें। अहिले त्यहाँ छाडेर आए´उनले भने-`भारतबाट फर्केपछि विदेश जाने सोच पनि आयो तर, नगएर यहीँ काम गर्न थाले। हातमा सीप भएपछी विदेश जानबाट रौकिए।´

असोज १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्