दसैँमा पञ्चकुमारी मैतीदेवी मन्दिर झिलिमिली (फोटो फिचर)

दसैँमा झिलिमिली मैतीदेवी मन्दिर। तस्बिर-बर्षा शाह/देश सञ्‍चार

काठमाडौ-दशै लागेसँगै काठमाडौको चहलपहल बढेको छ। त्यसैगरी विभिन्‍न शक्तिपीठहरुमा भक्तजनको भिड पनि भड्दो छ।

त्यसैगरी काठमाडौंको मैतीदेवीमा रहेको पञ्चकुमारी मैतीदेवी मन्दिर यतिबेला झिलिमिलीले निकै रमाइलो र सुन्दर बनाएको छ।

विज्ञापन

उपत्यकाका प्रसिद्ध शक्तिपीठहरू मध्येको एक पञ्चकुमारी मैतीदेवीमा आजभोलि निकै सुन्दर भएको छ। करिब चारसय वर्षभन्दा पूरानो यो मन्दिर काठमाडौं उपत्यकाको मध्य भागमा अवस्थित छ।

चारैतिरबाट मानव वस्तीले घेरिएको अवस्थामा रहेको यस पञ्चकुमारी मैतीदेवीको उत्पत्तिबारे विभिन्‍न जनश्रुतिहरू पाइन्छ। जनश्रुति अनुसार पौराणिक कालमा पञ्चकन्याहरू आकाशमार्गबाट उडेर माइत जान हिडेका थिए।

बाख्रा चराउन बसेका कुनै एक तान्त्रिकले देश रक्षाका लागि आफ्नो तन्त्र शक्तिद्वारा ती देवीहरूलाई यहाँ बस्‍न बाध्य पारेकोले तीनै पञ्चदेवीको माइतीका रूपमा यसलाई ‘माइती देवी’ हुँदै मैतीदेवी भन्ने गरिएको हो।

त्यस्तै एउटा अर्को किंवदन्दी अनुसार रुद्रमती (हालको धोवीखोला, मन्दिरको उत्तरपूर्वबाट बग्दथ्यो को किनारमा एकजना मुनिकार ‘किसान’ खेत खन्दै जाँदा उनले एउटा ढुंगा (शीला) भेटे।त्यसलाई सार्न ती किसानले हजार प्रयत्न गरे तर सकेनन् बरु उनी थाकेर त्यही भसक्कै निदाए।

त्यसैबेला आकाशमार्गबाट पञ्चकुमारीहरू मयूरमा हिडिरहेको बेला मयूरको प्वाँखको हावाले किसान व्यूँझिए।त्यसपछि उनले आफूले भोग्नु परेको दुःख सविस्तार देवीहरूलाई बताए।पञ्चकुमारीहरूलाई आफ्नो कुरा बताएपछि देवी खुशी भएर त्यसैमा बसिन्।त्यसैले कतिपयले यसलाई मयूरतीर्थ समेत भन्ने गरेका छन्।

यस शक्तिपीठको आसपासको क्षेत्रमा पनिझिलिमिलीले छोपिएको छ भने आजभोलि बेलुकाको समयमा यहाँ आउनेको भिड पनि बढ्दो रहेको छ। हरेक बर्ष भिलिमिली हाले पनि पोहर भन्दा यो बर्ष बढी गरिएको छ। यसरी मन्दिरलाई सुन्दर बनाउनेमा स्थानीय ओम श्रेष्ठ रहेका छन्।

अशोज १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्