फोटो फिचर

चौतारीमा म बसे होला कि…

खोकनाको चौतारीमा राखिएको बेन्चमा बसेर गफिँदै गरेका स्थानीय बुढापाका । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

काठमाडौँ – मुख्य शहरबाट नजिकै तर अझै पनि ग्रामीण परिवेश या जीवनशैलीसहितको बस्ती हो, ललितपुरको खोकना । तोरीको तेलका लागि ख्याती कमाएको खोकनामा अझै पनि खेतीपातीमा आधारिक जनजीविका कायम छ ।

मेलापात, खेतबारी यहाँका अधिकांश बासिन्दाको दैनिकी रहँदै आएको छ । चोक–चौतारीमा गफिँदै गरेका बुढापाका, ठिटा–तन्नेरी, खेल्दै गरेका बालबालिका देखिन्छन् ।

विज्ञापन

झ्यालबाट चियाउँदै गरेकी हजुरआमा, सन्तानलाई पिठ्युँमा बोकेर कामका लागि हिँड्दै गरेकी आमाहरुले खोकनालाई जीवन्त बनाएका छन् । देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले खोकना बासिन्दाको दैनिकीलाई केही तस्बिरमा समेट्ने प्रयास गरेकी छन् ।

अशोज १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू