रातो मासु खान हुन्छ?

रातो तथा प्रशोधित मासु र मानव स्वास्थ्यका सम्बन्धमा गरिएको एक अनुसन्धानले त्यसको मानव स्वास्थ्यमा कुनै खराब असर नपर्ने निष्कर्ष निकालेको छ ।

विवादास्पद अनुसन्धान प्रतिवदेनमा रातो वा प्रशोधित मासु खाँदा मुटु सम्बन्धी रोग तथा क्यान्सरको जोखिम बढ्ने नदेखिएको उल्लेख छ । तर मानव स्वास्थ्य तथा पोषण क्षेत्रका प्रमुख अनुसन्धानमा भने रातो तथा प्रशोधित मासु बढी खाँदा स्वास्थ्यमा गम्भीर असर पर्ने देखिएका छन् ।

विज्ञापन

यसअघि अनुसन्धान गरेका विभिन्न समूहले पछिल्लो अध्ययन प्रतिवदेनप्रति चासो व्यक्त गरेका छन् । एक समूहले त पछिल्लो अनुसन्धानका प्रमुखलाई पत्र लेखेर थप अनुसन्धान नगरी निष्कर्ष प्रकाशित नगर्न आग्रह समेत गरेका छन् ।

तथ्यांकको गलत प्रयोग गरी रातो तथा प्रशोधित मासु खाँदा स्वास्थ्यमा कुनै असर नपर्ने निष्कर्षसहितको अनुसन्धान आएको हार्वर्ड टिएच च्यान स्कूल अफ पब्लिक हेल्थका इपिडिमियोलोजी एण्ड न्युट्रिसन प्रोफेसर वाल्टर विलेट्टले बताएका छन् ।

विभिन्न अनुसन्धानको क्रममा संकलन भएका तथ्यांकको विश्लेषण गरी पछिल्लो अनुसन्धानमा संलग्नहरुले रातो मासु तथा प्रशोधित मासु खाँदा क्यान्सर, मुटु सम्बन्धी रोग, स्ट्रोक तथा मधुमेहसहितको जोखिम बढ्छ या बढ्दैन भन्ने हेरिएको थियो ।

तर तथ्यहरुको विश्लेषण गर्दा रातो मासु तथा प्रशोधित मासु खाँदा स्वास्थ्यमा असर गर्न भन्ने अवस्था यकिन गर्न नसकिएको अनुसन्धानकर्ताले बताएका छन् ।

अशोज १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्