१७ वर्षीय युवतीलाई बसभित्रै सामूहिक बलात्कार गर्ने चारजना पक्राउ

सांकेतिक तस्बिर

काठमाडौँ – धरानकी १७ वर्षीया एक युवतीमाथि बसभित्रै बलात्कार गरेको आरोपमा सुनसरी प्रहरीले चार युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार राती करिब १० बजे धरान विराटनगरको रुटमा चल्ने को.१.ख ४६२७ नम्बरको यात्रुवहाक बसभित्र युवतीलाई बलात्कार गरेको आरोपमा विकास कसाई, सुरज थापा, आशिष कार्की र सुरेन्द्र भुजेल पक्राउ परेका हुन्।

पक्राउ परेका ३३ वर्षीय कसाई सुन्दरहरैंचा नगरपालिका १२ निवासी हुन् भने २२ वर्षीय थापा झापा सुरंगा नगरपालिका ४ निवासी हुन्। त्यसैगरि, २७ वर्षीय भुजेल सिरहा लाहान नगरपालिका ४ र कार्की मोरंग बेलबारी नगरपालिका ७ का हुन्।

विज्ञापन

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार घटनामा संलग्न २४ वर्षीय सुमन मग्राती र मोरंग बेलबारीका २५ वर्षीय नितेश घिमिरे फरार रहेका छन्। प्रहरीले उनीहरुको समेत खोजी गरिरहेको उनले बताए।

भण्डारीका अनुसार घटनाको जानकारी पाएसँगै युवतीको उद्धार गरि उनीहरुलाई पक्राउ गरिएको थियो। घटना हुनुपूर्व पक्राउ परेकाहरुले इटहरीमै खाजा र मदिरासेवन गरेको उनले बताए। सो क्रममा युवतीलाई उनीहरुले बसभित्रै चाउचाउ खान दिएर थुनेर राखेका थिए।

पक्राउ गरिएका चार जनाविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

अशोज १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्