आज कस्तो छ सुनको मूल्य?

काठमाडौँ–सुनको मूल्य बुधबार फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ६९ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर ६९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर आठ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।

विज्ञापन

अशोज १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्