चीनद्वारा नयाँ ब्यालेस्टिक मिसाइलको प्रदर्शन, ३० हज़ार किमि प्रतिघण्टा गतिमा मार हान्‍न सक्‍ने

एजेन्सी-चीनले आफ्नो ७०औ राष्ट्रिय दिवसका अवसरमा नयाँ मिसाइल प्रदर्शन गरेको छ।’नेक्स्ट जेनरेसन’ को यो ‘आईसीबीएम’ (इन्टर कान्टिनेन्टल ब्यालेस्टिक मिसाइल) को मारक क्षमता १२ देखि १५ हज़ार किमी परसम्म रहेको छ।

१२-१५ हज़ार किमीको अर्थ चीनले अन्य कही मिसाइल केन्द्र बनाउनु पर्दैन।आकाश मार्गबाट १२-१५ हज़ार किमी भनेको झन्डै सम्पूर्ण पृथ्वीसम्मको मारक क्षमता हो।

बेइजिङ्गबाट नयाँ दिल्लीको दूरी ३७८० किमी, मुम्बइ ४७६० किमी, भूटान २८०० किमी, सऊदी अरेबिया ६६१२ किमी, मास्को ५८०७ किमी, लन्दन ८१६१ किमी, ब्रिस्बेन ८३७० किमी, र न्यूयोर्क ११हज़ार किमी रहेका छन्।

बीजिंग मै राखिएको ‘आईसीबीएम’ झण्डै संसारका सबै ठूला शहरसम्म पुग्न सक्छ।बीजिन्गबाट उडेको हवाई जहाजलाई अमेरिकाको न्यूयोर्क पुग्न १५-१६ घण्टाको समय लाग्छ।यात्रुवाहक बोईंगको अधिकतम गति ८००-१००० किमि प्रतिघण्टा हुन्छ।

तर चीनले बनाएको यो नया मिसाइललाई न्यूयोर्क पुग्‍न १ घण्टाको समय पनि लाग्दैन, भनौ २०-२५ मिनट मै यो चिनिया मिसाइल अमेरिका पुग्नसक्छ। कारण यसको गति अत्यधिक रहेको छ।

यस मिसाइलको गति २५ म्याक रहेको छ।१ म्याक गति भनेको ध्वनिको गति हो।ध्वनिले सामान्यतया ३ सय ४३ मीटर प्रति सेकेण्डको गतिले परिभ्रमण गर्छ।

१ सेकेण्डमा ३४३ मीटर ,१ मिनटमा (६० सेकेण्ड मा) २०५८० मीटर र एक घण्टामा (६० मिनट अथवा ३६०० सेकेण्ड मा) ध्वनिले १,२३,४८० मीटर दुरी तय गर्छ। भनौ १ घण्टामा ध्वनिले १२३४.८ किमी दूरी तय गर्छ ,यसलाई नै १ म्याक गति भनिन्छ।

ध्वनिको गति, पृथ्वीको अक्षमा घूमने गतिभन्दा निकै कम छ ,पृथ्वीको अक्षमा घूमने गति १६७४ किमिप्रति घण्टा हो। चीनको मिसाइल पृथ्वीको अक्षीय गति भन्दा बढ़ी गतिले यात्रा गर्छ यसले एक घण्टामा पृथ्वीका २० चक्‍कर लगाउन सक्छ।२१ मीटर लामो यस मिसाइलको तौल ८० हज़ार किलोग्राम रहेको छ।

चीनले बनाएको नया मिसाइल जसको नाम डोङ्गफेङ्ग-४१ (dongfeng -41) राखिएको छ।यो ‘इंटरकांटिनेंटल’ मिसाइल हो।नाम अनुसार यसले एक कन्टिनेन्टबाट अर्को कन्टिनेन्टसम्म प्रहार गर्नसक्छ। डोङ्गफेङ्ग-४१ को गति २५ म्याक रहेको छ अर्थात यो मिसाइल ३०,८५० किमी प्रति घण्टाको गतिले उडेर लक्ष्य भेदन गर्न सक्छ।डोङ्गफेङ्गको चिनियाँ भाषामा अर्थ हुन्छ, पूर्वी हवा।

यस मिसाइलको मारक क्षमता १२ देखि १५ हज़ार किमीसम्म रहेको छ। यस मिसाइलको विशेष क्षमता के छ भने यसले एकै पटकमा १० वटा विभिन्‍न लक्ष्यमाथि प्रहार गर्न सक्छ।यसले ‘न्यूक्लियर वार हेड’ बोक्ने क्षमता राख्छ।

यो मिसाइल ‘अटो गाइडेड’ छ अर्थात यसले आवश्यकता अनुसार आफ्नो उचाइ कम अथवा वेशी गर्नसक्छ।चीनको दावी अनुसार यो मिसाइल शत्रु देशका राडारबाट जोगिन सक्षम छ।चीनको सेनामा यस मिसाइलको प्रवेश भएपछि उसले अब विभिन्‍न स्थानमा मिसाइल तैनाती गर्नु पर्दैन।

अशोज १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू