मोरङ – मोरङको कानेपोखरी गाँउपालिकामा रहेको जीवन विकास लघुवित्त वित्तिय संस्थाका एक कर्मचारीको मोटरसाइकल र रकम लुटपाट भएको छ ।

बुधबार दिउँसो संस्थाको रमाइलो शाखामा कार्यरत सहायक जयकिशन गन्गाईको साथबाट १ लाख १७ हजार ३ सय ६० रुपैयाँसहित मोटरसाइकल लुटिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीले बताए।

संस्थाको रकम संकलन गर्न जाने क्रममा जंगलको बाटोमा अनुहारमा माक्स लगाएका दुई व्यक्तिले लुटपाट गरेको उनले बताए। अधिकारीका अनुसार लुटिएको को ३४ प ४९७ नम्बरको मोटरसाइकल घटनास्थल भन्दा करिब दुई किलोमिटर टाढा फेला परेको थियो।

मोटरसाइकलको आधारमा पक्राउ परिने भएकाले लुटपाटमा संलग्नहरु अलिमाथि छाडेर भागेको हुन सक्ने प्रहरीको भनाई छ। नजिकै बाक्लो जंगल भएका कारण त्यसतर्फ अपराधमा संलग्नहरु भागेको हुनसक्ने प्रहरीले आशंकामा गरेको छ। प्रहरीले जंगलमा खोजी तीव्र पारेको छ।

असोज १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्