ट्विटर डाउन, फोटो अपलोड गर्न समस्‍या

काठमाडौं- सर्वाधिक चर्चित सामाजिक सञ्‍जाल ट्विटर डाउन भएको छ।

ट्विटर डाउन भएपछि ट्विट डेकमा फोटो, पोल र डिएम राख्‍न समस्‍या देखिएको छ।  कतिपय ठाउँमा लग इन भइरहेको छैन भने कसैकोमा फोटो, पोल, नोटिफिकेशन समेत देखाउन सकिरहेको छैन।

विज्ञापन

ट्विटरको सपोर्ट ह्याण्डलले भनेको छ, ‘हामीले ट्विटर र ट्विट डेकमा समस्या देखिएको अनुभव गरिरहेका छौ।तपाइले ट्विटिङ गर्न, नोटिफिकेशन, डिएम हेर्न समस्या भोगिरहनु भएको छ। हामी तत्का यसको बारेमा काम गर्दैछौ। सकभर चाँडै सामान्‍य अवस्थामा ल्‍याउनेछौ।’

यसअघि जुलाइमा विश्‍व चर्चित सामाजिक सञ्जाल फेसबुक, ह्वाट्स एप तथा इन्स्टाग्राममा समस्या देखिएको थियो।

अशोज १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू