बस र ट्रक ठाेक्किँदा १४ जना घाइते

मोरङ– धनकुटा जिल्लाको गुठिटारमा भएको सडक दुर्घटनामा १४ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार दुर्घटनामा सबै १४ जना घाइते भएका थिए। बसमा सवार १३ जना घाइतेलाई उद्धार गरि जिल्ला अस्पताल धनकुटामा भर्ना गरिएको थियो।

विज्ञापन

सो मध्ये १२ जना घर फर्किएको र तेह्रथुम वसन्तपुर लालीगुराँस नगरपालिका –४ की ३२ वर्षिया गोमा गुरुङको उपचार भइरहेको प्रहरीले जनाएको छ।

धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदर्शन कोइरालाका अनुसार मध्यान्ह करिब सवा १२ बजे गुठिटारमा यात्रुबहाक बस र ट्रक एकआपसमा ठोक्किएको हो।

घाइते मध्ये ट्रक चालक भोजपुरका चन्द्र राईलाई उपचारका लागि धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको उनले बताए।

झापाबाट तेह्रथुमका लागि हिडेको ना.६.ख १९७६ नम्बरको बस र धनकुटाबाट धरान आउदै गरेको ना.६.ख ४४८३ नम्बरको ट्रक ठोक्किएको हो।


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

अशोज १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्