नेकपाले थाल्यो जनप्रतिनिधि र पार्टी कार्यकर्तालाई प्रशिक्षण

दाङ-स्थानीय सरकार गठन गरेको धेरै भैसक्दा पनि पार्टी र जनप्रतिनिधिको बिचमा तालमेल नमिल्दा योजना छनोट र कार्यान्वयनमा देखिएको जटिलता हटाउन नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले पहल लिएको छ।

दाङका १० स्थानीय सरकारका जनप्रतिनिधि, प्रदेश सभा सदस्य, प्रतिनिधि सभा सदस्यलाई एकै ठाउँमा भेला गरेर जनप्रतिनिधि र पार्टीका बिचमा प्रशिक्षण तथा अन्तरक्रिया गरेको हो। तुलसीपुरमा भएको प्रशिक्षणमा स्थानीय तहमा गठन भएको दल प्रमुखले स्थानीय सरकारको तर्फबाट गरेका योजनाहरुको रिपोर्टिङ गरे।

विज्ञापन

त्यसपछि भएको छलफलमा जनप्रतिनिधि र पार्टीका बिचमा छलफल गरेर मात्रै समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिएको छ। जनप्रतिनिधि र पार्टीको गन्तब्य एकै दिशामा हुनुपर्ने, जनतालाई लक्षित गरेर योजना निर्माणमा पार्टी र जनप्रतिनिधिको बिचमा समन्वय जरुरी रहेको धारणा जोडबलका साथ राखिएको छ ।

पाँच बर्ष मात्रै नभएर कम्युनिस्ट सरकार पचासौं बर्षको लागि आवश्क रहेको र अहिले बाटै समाजवादको यात्रामा निस्कन, सोही अनुसार याेजनाहरु बनाउन सुझाव दिइएको छ।

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) जिल्ला संगठन समिति दाङ, देउखुरीले जनप्रतिनिधि तथा पार्टी कार्यकर्ता बिच प्रशिक्षण शुरु गरेपछी पार्टी कार्यकर्ता र जनप्रतिनिधि बिचको तिक्तता हट्ने र आपसी एकता बलियो हुनेमा जोड दिइको छ ।

दाङको १० पालिका मध्य ७ पालिकामा नेकपाका जनप्रतिनिधिले नेतृत्व गरेका छन्।स्थानीय, प्रदेश र संघमा सरकारमा नेकपा रहेपनि जनभावना अनुसार काम हुन नसकेको जनगुनासो बढेको समयमा अगुवा कार्यकता र जनप्रतिनिधिको बिचमा गरिएको अन्तरक्रिया, प्रशिक्षणले महत्त्वका साथ हेरिएको छ।

प्रशिक्षण मन्तव्य राख्दै मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रदेश ५ का इञ्चार्ज शंकर पोख्रेलले पार्टी कार्यकर्ताले जनप्रतिनिधिलाई सघाउने र जनप्रतिनिधिले पार्टी संग समन्वय गरेर क्रियाकलाप अघि बढाउन निर्देशन दिए।

`जनभावना अनुसार काम गर्नुपर्ने बेला छ´उनले भने,`अापसमा तिक्तता भन्दा भावनात्मक रुपमा एकताका साथ जनताको हितमा काम गर्नुपर्ने पर्ने बेला हो।´

विकासमा सरकार र पार्टी दुबै जाेडिनुपर्ने उनले बताए। सरकारले राम्रा काम गरेको र ति कामहरु जनता माझ पुर्‍याउने जिम्मेवारी पार्टी कार्यकर्ताको रहेको बताए ।

प्रशिक्षणलाइ प्रदेश किमिटी सचिव जगप्रसाद शर्मा (अपार)ले सम्बोधन गर्दै जनतामाझ गरेको प्रतिबद्धता नभुलेर अघि बढ्नुपर्ने बताए। तिनै तहका सरकारले गरेका राम्रा काम जनता माझ स्थापित गर्ने भुमिका पार्टी कार्यकर्ताको रहेको बताए।

अशोज १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्