बारामा एकै परिवारका चारसहित पाँचजनाको शव भेटियो

फाइल फोटो

बारा-बारामा एक बालिकासहित पाँचजनाको शव भेटिएको छ।

बाराको फेटा गाउँपालिका-४ बतरामा एकै परिवारका चारजनाको र एक भारतीयसहित पाँचजनाको शव भेटिएको बाराको प्रहरी प्रबकंता रन्जित सिंह राठोरले बताए।

विज्ञापन

बारा बतरा टोलका ४० वर्षीय जोगा मुखिया बिन, उनकी पत्‍नी लालमुनी देवी, छोरी १० वर्षीय सुमनी कुमारी, जोगाका भाइ करिब ३५ वर्षीय महेन्द्र मुखिया बिन र एक भारतीय कामदार मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरुको ज्यान कसरी गएको हो भन्ने अहिले केही भन्‍न नसकिने घटना स्थललमा रहेका राठोरले जानकारी दिए।घटना बारेमा अनुसन्धान भइरहेको उनले बताए।

अशोज १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्