तस्बिरमा दसैँको किनमेल: लुगाफाटोदेखि गहरगहनासम्‍म (फोटो फिचर)

काठमाडौं-नेपालीहरुको महान चाड दसैँको घटनास्थापना सुरुवातसँगै काठमाडौं बजार,पसलमा किनमेल गर्नेको भीड नै लाग्‍ने गरेको छ।

दसैंमा नयाँ लुगा लगाउने र मान्‍यजनकोमा आशिर्वाद थाप्‍न जाने भएकाले सर्वसाधारणहरु नयाँ गरगहना तथा सामानको किनमेलमा व्‍यस्त देखिएका हुन।

विज्ञापन

काठमाडौंको न्‍यूडरोड, असन, सुन्धारा, भृकुटीमण्डप लगायत अन्‍य राजधानीका फुटपाथहरु सर्वसाधारणको भीडले भरिभराउ हुन थालेका छन्।

खासगरी महिला, बालबालिका र घरपरिवारका लागि चाहिने आवश्‍यक लुगाफाटोका साथै गरगहनाको खरिदविक्रि ह्वात्तै बढेको छ।

यता, वसन्तपुरमा भने फुलपाति भित्र्याउन र दसैँमा पूजा गर्नका लागि देवी तथा देवताको मन्दिरमा श्रृंगारको काम चलिरहेको छ। कोही मूर्तिमा नयाँ रङ्ग हालिरहेका छन् भने कोही नयाँ बास ल्याएर फुलपाति ल्‍याउने सामग्री बनाइरहेका छन्।

देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठले आफ्नो क्यामेरामा कैद गरेका तस्बिरहरु:

     

अशोज १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्