महोत्तरीमा एकजना महिलाको शव फेला

सांकेतिक तस्बिर

जनकपुरधाम – महोत्तरीमा एकजना महिलाको शव फेला परेको छ । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १० थापाटोल स्थिति मरहा नदिको किनारमा बिहीबार झण्डै ४० वर्षकी महिलाको शव भेटिएको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताएका छन् ।

मागेर जीविका चलाउँदै आएकी महिलाको शव रहेको जनाइएको छ । महिलाको घाँटी तथा टाउकोमा चोट रहेको प्रहरी उपरीक्षक अधिकारीले बताए । बलात्कार गरी हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको जनाइएको छ ।

विज्ञापन

अशोज १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्